कुमारी कन्याहरुको इही वेल विवाह समारोह

बीरगंज, माघ ६, माईस्थान इही समितिले बीरगंजमा हिजो आयोजना गरेको सामुहिक इही वेल विवाह समारोहमा ४० जना नेवारी समुदायका कन्याहरुको सहभागिता रहेको छ ।.
बीरगंजमा बसोबास गर्ने नेवारी समुदायमा कन्याहरु रजस्वला हुनुपूर्व महादेव भगवानको प्रतिकको रुपमा वेलसंग विवाह गर्नुपरने धार्मिक मान्यता रहेकै कारण आफना छोरीहरुको नेवारी विधि अनुसार वेल विवाह गर्ने गर्छन । रजश्वला हुनुपुर्व सुवर्णकुमारको रुपमा सुन र जलदेवतालाइ साक्षी राख्दै ९महादेबको० प्रतीकको रुपमा रहेको बेलसंग बिबाह गर्ने प्रचलनलाई नै इही भन्ने गरेको माईस्थान इही समितिका सदस्य मोहन प्रधान बताउनु हुन्छ ।


विगत १५ बर्षदेखि गर्दै आएको सामुहिक इही समारोहको कारण बीरगंजमा बसोबास गर्ने सम्पन्न, मध्यमवर्गिय र गरिव परिवारका बालिकाहरु एकैठाउमा बसेर बेल बिवाह गर्दा ठुलो र सानोको भेदभाव हटनुका साथै एक आपसमा सदभाव समेत बढने गरेको समितिको दावी छ ।
समितिका पदाधिकारीका अनुसार इही पुजाको लागि नेवारी कन्या नै हुनुपर्छ, कन्याको उमेरको हकमा सानोमा पाच बर्ष र ठुलोमा ११ बर्ष मुनि तर रजश्वला नभएको हुनुपर्ने बताउछ । साथै इही पुजा गर्नलाई कन्याहरुको उमेर बेजोड हुनु जुरुरी भएको पुजारी बताउछन् । यो पुजा आज सम्पन्न हुनेछ । 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: