फोरम र फोरम लोकतान्त्रिक वीच झडप

सिराहा, माघ ६, मधेस आन्दोलनका पहिलो शहिद रमेश महतोको चौँथौ वाषिर्कीको अवसरमा हिजो शहिद स्मारकमा झण्डा राख्ने विषयमा प्रतिपक्षी मधेसी जनअधिकार फोरम र सत्ताघटक दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच सिराहाको लहानमा मंगलबार दिउँसो झडप भएको छ ।,मधेसी दलहरू फोरम र फोरम लोकतान्त्रिक तत्कालिन मधेसी जनअधिकार फोरम हुँदा प्रहरीबाट मारिएका रमेश महतोलाई दुवै दलले आफ्नो दलको शहिद भएको दावी गर्दै वाषिर्की मनाउने क्रममा स्मारकमा झण्डा गाड्ने विषयमा विवाद उत्पन्न भएपछि झडप भएको प्रहरीले जनाएको छ ।

सम्भावित झडपलाई मध्यनजर राख्दै अहिले कार्यक्रम स्थलवरपर व्यापक मात्रमा शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ । दुवै दलले झण्डै ५ सय मिटरको दूरीमा कार्यक्रमको आयोजनाका लागि मन्च निर्माण गरिएको छ ।
फोरमले आयोजना गरेको कार्यक्रमलाई अध्यक्ष उपेन्द्र यादव, सह अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालगायतका नेता तथा सभाषद्हरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने फोरम लोकतान्त्रिकले आयोजना गरेको कार्यक्रममा लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छेदारलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

One Response

  1. kam garne hoina apasma jhagda garna matra janda chha, sahid ko lagi kehi garnu parne thauma jhagda gareko murkha, sochhera kam garnu hai madhesh ka murkha haru sochera kam garnu hola bhanne mero aasha or bishwash chha…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: