• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

रेल्वेका कर्मचारी दुई चिरामा

रोशनकुमार झा
जनकपुरधाम माघ ७ – नेपाल रेल्वेमा कार्यरत कर्मचारीहरु दुई चीरामा विभाजित भएका छन ।सहमति विपरित कर्मचारीहरुको एउटा समूहले आन्दोलन गर्न थाले पछि अर्को समूह उनीहरु विरुद्ध उत्रिएको छ ।अखिल नेपाल यातायात मजदुर संघले रेल्वे कर्मचारी को विरुद्धमा माघ ११ गते देखि रेल्वे बन्द सहितका कार्यक्रमको घोषणा गरेपछि विवाद सतहमा चुलिएको हो ।मधेशी श्रमिक फोरम र नेपाल रेल्वे कर्मचारी संघले गत दुई साता देखि गर्दै आएको आन्दोलनका दोस्रो चरणमा महप्रबन्धक र लेखा शाखाको कार्यक्षमा तालाबन्दी गरेपछि अखिल मजदुर संघ आक्रोशित भएको छ ।मजदुर संघले आज पत्रकार सम्मेलन गरी गत पुस १६ गते रेल्वे व्यवस्थापनले १ महिना भित्र पुरा गर्ने सहमति जनाए पनि त्यस अगाबै विभिन्न संगठनले थालेको आन्दोलनबाट मांग पुरा नहुने देखिएको भन्दै आन्दोलन थालेको जनाएको छ ।

मजदुर संघका कपिलदेव रायले संयुक्त संघर्षमा रही फोरम कर्मचारी संघले आफैले गरेको सहमति विपरित काम गरेको आरोप लगाउनु भयो । उहाँले तीन दिन भित्र ताला नखोलिए र माँग पुरा गराउने वातावरण नबनाइए कर्मचारी विरुद्ध आन्दोलन थालिने बताउनु भयो ।यता मधेशी श्रमिक फोरम र नेपाल रेल्वे कर्मचारी संघले आफ्नो आन्दोलन जारी रहने बताएका छन । नेपाल रेल्वे जर्जर अवस्थामा पुगिसकेको समयमा कर्मचारी बीचको विवादले रेल्वे लाई झन समाप्ति तर्फ लग्ने विश्लेषक हरुको भनाई रहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: