तमलोपाका केन्द्रीय कोषाध्यक्ष सहित चारको दुर्घटनामा मृत्यु

काठमाडौ,माघ ८ – तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय कोषाध्यक्ष श्रीकृष्ण यादव लगायत चारजनाको आज दिउँसो करिब साढे तीनबजे मकवानपुरको भीमफेदी जुरिखेतमा जिप दुर्घटनामा परी मृत्यु भएको छ। कोषाध्यक्ष यादव सहित तमलोपाका महोत्तरीबाट संबिधान सभाको निर्वाचनमा उम्मेदवार रहेका अरुणकुमार यादव, अनुशासन समितिका सदस्य परमेश्वर साह ,चालक भोला राय सहित चारैजनाको काठमाडौं बाट हेटौडा तर्फ गईरहेको बा २ प १२६९ नम्बरको निशान गाडी सडकबाट करिब ५ सय मिटर जति तल खसेर मृत्यु भएको हो ।

घटनाको जनाकारी पाउने बित्तिकै तमलोपाका नेताहरुको समुह काठमाडौ बाट घटनास्थल तर्फ लागेका छन्। तमलोपाका केन्द्रीय कोषाध्यक्ष श्रीकृष्ण यादव धनुषा जिल्ला क्षेत्र न.५ बाट लगातार तीनपटक निर्वाचनमा भाग लिदै आईरहेको प्रभावशाली नेताको रुपमा चित्रित हुनुहुन्थ्यो। यादवले राजनीति नेपाली काँग्रेस बाट शुरु गर्नु भएको थियो । पहिलोपटक वहाँले धनुषा क्षेत्र न.५ बाट नेपाली काँग्रेस त्यागेर स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्नु भएको थियो। पछी नेकपा एमाले मा प्रवेश गरी जिल्ला स्तरमा प्रख्यात हुनुभएका यादव दोश्रो पटक नेकपा एमालेको तर्फबाट पुन: चुनाव लड्नु भएको थियो ।

तमलोपाको गठन संगै यादव नेकपा एमालेबाट  तमलोपामा प्रवेश गर्नु भएको थियो । संबिधान सभाको चुनावमा यादवले तमलोपाको तर्फबाट चुनाव लड्नु भएको थियो । बर्तमान राष्ट्रपति डा. रामबरण यादवको भन्दा झिनो मतले पराजित हुनु भएका यादव पुन:उपचुनावमा नेकपा एमालेका रघुवीर महासेठ बाट पराजित हुनुभएको थियो ।धनुषा जिल्लाको सिनुरजोडा गाविसका स्थायी बासिन्दा श्री कृष्ण यादव पेशाले इन्जिनियर हुनुहुन्थ्यो।

2 Responses

  1. मिरत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शिक्ति पराप्तहोस भनी प्राथना गर्दछौ !

  2. आत्माको चिरशान्तिको कामना गर्दा छु ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: