हतियारसहित एकदर्जन भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा

कन्चनपुर,धनगढी माघ ८- पटक पटक भारतीय प्रहरीहरुले आफूखुशी नेपाली भू-भागमा प्रवेश गरि कहिले अपराधि पत्ता लगाउने बहानामा त कहिले खानतलाशिको बहानामा आफ्नो मर्यादाक्रमलाई बिर्सेर नेपाली प्रतिष्ठामा आंच आउने कार्य गर्दै आईरहेकोमा प्रहरीले कन्चनपुर को दोधारा गाविसबाट हतियार सहित बर्दीमै नेपाली भूमिमा प्रवेश गर्ने एकदर्जन भारतीय प्रहरीहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरको अनुसार पक्राउ गरिएका १२ जना मध्ये ८ जना भारतीय प्रहरी ,४ जना सवारी चालक र तिनका सहयोगीहरु रहेको जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा राखिएको छ । यहा हाँस्यास्पद कुरा के छ भने भारतीय प्रहरीहरुले नेपाली प्रहरीसामु आफूहरु मोटर साइकल चोरीको सन्दर्भमा अभियुक्त दोधारा सुन्दरपुरको जयराम खडकाको घरमा खानतलासी गर्न आएको बताएका छन ।

नेपाल प्रहरीले उनीहरुलाई जयरामको घरमा प्रवेश गरि खानतलासी गर्दैगर्दाको समयमै पक्राउ गरेको हो।  प्रश्न के छ भने भारतीय प्रहरीलाई नेपालको सीमापार गरि बर्दीमा हतियार सहित खानतलासी गर्ने अधिकार छ कि छैन? यो काण्डको गहन रूपमा छानबिन भई दोषी उपर नेपाल सरकारले कार्यवाही चलाउनु पर्छ । यो मुद्दा नयाँ होईन यसरी सयौं पटक भारतीय प्रहरीहरुले नेपाली भू भागमा प्रवेश गरि आफ्नो स्वार्थ पूर्ति गर्दै गरेको अवस्थामा यो सोहि क्रमको एउटा नयाँ थप काण्ड मात्र हो ।

यसरि जहिले पनि चुपचाप उनीहरुलाई छोड्दै गईयो भने हाम्रो राष्ट्रको अस्मिताको ,हाम्रो सिमास्थितका नेपाली बासिन्दाहरुको मनोबल गिरेर डर त्राश फैलिन सक्छ । जुन कि कुनै पनि राष्ट्रको हितमा हुदैन। सीमाका बासिन्दाहरु भनेका देशको सीमाप्रहरी हुन्। उनीहरुको मनोबल गिराउने कार्य राज्यबाट हुनु हुदैन ।यदि भारतीय प्रहरीहरुले अपराधि पत्ता लगाउनु नै थियो भने उनीहरुले नेपाल प्रहरी सित समन्वय गर्नु पर्थ्यो यसरी आफूखुशी गर्ने अधिकार उनीहरु सित छैन। भारतको उत्तरप्रदेशको बरेलीबाट उनीहरु आएको प्रहरीले जनाएको छ।

One Response

  1. WELL DONE NEPAL POLICE

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: