रुपा हत्याकाण्डको छानविनको निम्ति अभियान

जनकपुरधाम माघ ९  – रुपा हत्याकाण्डको निष्पक्ष छानविनको निम्ति मानवअधिकारवादीहरुले प्रहरी प्रशासनलाई दबाब दिनको निम्ति राष्ट्रीयस्तरमा अभियान संचालन गर्ने निर्णय गरेका छन्।भूमिजा मानव अधिकार संघको अध्यक्ष विजय दत्तको अध्यक्षतामा शुक्रवर भएको मानवअधिकारवादी हरुको बैठकले सत्य तथ्य बाहिर ल्याउन स्थानीय प्रशासन सित माँग गरेका छन्।यसभन्दा पूर्व मानव अधिकारवादीहरुले बिहिवारको दिन घटनास्थल रुपाको ससुराली जनकपुर- २ मा स्थलगत निरीक्षण पनि गरेको थियो ।

त्यसैगरी पोस्टमार्टम रिपोर्टको पनि माँग गरेका छन्।बैठकमा राष्ट्रसंघीय उच्चायोगको कार्यालयको प्रतिनिधी विक्रम तुलाधर, राष्ट्रीय मानवअधिकार आयोगको बुध नारायण सहनी, इन्सेकका रोशनदीप ढकाल, ओरेकका नम्रता गिरी, डब्लु एच आर डी को गीता देव, प्रगतिशील नेपालको पुनम चौधरी ,मानवअधिकार मंचको  दीपेन्द्र कर्ण, दिलीप राय, एडभोकेसीको फोरमको राजकुमार महासेठ सहितको सहभागिता रहेको थियो। रुपालाइ दाइजोको कारण पुस २७ गते हत्या गरिएको रुपाकी आमा अनीला देवीको आरोप छ भने प्रहरीले  रुपाले आत्महत्या  गरेको दावी गर्दै आएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: