• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

नेपाल फर्मास्युटिकल्सको पच्चीसौं बर्षमा खेलकूदको आयोजना

वीरगंज, माघ १०,  नेपाल फर्मास्ट्रयुकल लेव्रोटरी प्रा. लि. ले हिजो आफनो २५ औं वर्षमा प्रवेष गरेको उपलक्ष्यमा वीरगंजको नारायणी रङशालामा विभिन्न प्रकारको खेल प्रतियोगिताको आयोजना गरेको थियो ।nn
बीरगंजको नारायणी रङ्गशालामा आयोजना गरेको एक विशेष समारोहबीच एनपिएलका प्रबन्ध निर्देशक महेन्द्र बहादुर अमात्यले उदघाटन गर्नु भएको आन्तरिक फुटबल प्रतियोगिताको उपाधि प्रोडक्शनले हात पार्न सफल भएको थियो । जम्मा चार समुहबीच भएको प्रतिस्पर्धामा खेलको शुरुदेखि नै प्रोडक्शन समुहको खेल राम्रो रहेको थियो । अन्य कार्पोरेट, मार्केटिङ्ग र ल्याबटेन समुहको खेल पनि राम्रो रहे पनि खेलमा प्रथम स्थान प्रोडक्शन समुहले ओगटन पुगेको थियो ।
गत ०४२ सालमा महेन्द्र बहादुर अमात्य, शैलेन्द बहादुर अमात्य र महेश गोर्खाली मिलेर औषधी ब्यापार गर्ने भनेर शुरु गरेको यस कम्पनिले ०४३ साल पौष महिनादेखि आफनो उतपादन गरेर बजारमा विक्री वितरण शुरु गरेको साहायक प्रवन्ध निर्देशक शैलेन्द्र बहादुर अमात्य बताउनु हुन्छ । जम्मा ५० लाख रुपैया पुजी बोकी सात जना कर्मचारी साथमा लिई शुरु गरेको यस उधोगको करिव ४० करोड रुपैया बराबरको सम्पति जोडिसकेको र अहिले यस कम्पनिमा करिव ३२५ जना कर्मचारीहरु कार्यरत रहेको अमात्य बताउनु हुन्छ ।
सामान्य टाउको दुखेकोदेखि हृदय रोगसम्मको औषधी र भेटेनरी औषधी समेत उत्पादन गर्दै आईरहेको यस कम्पनिले हाल करिव १ सय ५० थरिको औषधीहरु उत्पादन गर्दै आईरहेको अमात्य बताउनु हुन्छ ।
अहिले नेपालमा सबै गरेर करिव ३६ वटा औषधी कारखाना रहेपनि नेपाल फर्मास्युटिकल्स नम्बर एकमा रहेको उनको दावी थियो । यदि नेपाल सरकारको औषधी नीति स्पष्ट हुन सक्यो र शान्ति सुरक्षाको प्रत्याभुति गर्न सक्यो भने हाल तिर्दै आएको करिव २ करोड राजस्व रकम दोब्बरी हुनसक्ने दावी अमात्यको रहेको छ ।
यस उधोगले राष्ट्र र जनताको सेवा गर्ने नारा बोकेर आफनो औषधी उधोगको शुरुवात गरेको यस कम्पनिले अहिलेसम्म केवल औषधी उत्पादन मात्रै नगरेर यसले जनतामा स्वास्थ्य सम्वन्धि चेतनामुलक कार्यक्रमहरु पनि संचालन गर्दै आईरहेको छ । यसको साथै आफनो २५ औं बर्षमा प्रवेश गरेको अवसरमा बीरगंजस्थित नारायणी रङ्गशालाको मर्मत सम्भार पनि गरिदिएको छ । अमात्यका अनुसार जिर्ण अवस्थामा र फुटेको अवस्थामा रहेको रङ्गशालालाई बनाएर रङ्गरोगन गरी यसको साचो जिम्मेवार निकायको जिम्मा लगाई दिने बताउनु भयो ।
उहाले देशमा बन्द हडतालले गर्दा कम्पनी घाटामा गईरहेको उहाले बताउदै यदि समयमै बन्द र हडतालको प्रवृतिलाई रोक्न सकिएन भने नेपालको भएको ठूला ठूला कम्पनीहरु यहावाट पलायन हुने उहाको दावी छ । उदघाटन कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक निर्देशक शैलेन्द्र बहादुर अमात्य, मार्रर्केटिङक म्यानेजर महेश गोर्खाली रहनु भएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: