हतियार सहित अपहरणकारी पक्राउ बालक सकुसल

मलंगवा ,सर्लाही माघ १० -दश दिन अघि अपहरण भएको भारतीय बालकलाई अपहरणकारी सहित प्रहरीले पक्राउ गरेको छ  । सर्लाहीको सुन्दरपुर चोहर्वाबाट प्रहरीले शनिवार राति सिमावर्ती भारतीय बजार भुतहिको १३ बर्षीय बालक उमाकान्त कुमार महतोलाई रामप्रवेश पासवानको घरमा लुकाएर राखेको अवस्थामा सुराकीको आधारमा पक्राउ गरेको हो ।  राति रौतहट र सर्लाहीको संयुक्त प्रहरी टोलि र सशस्त्र प्रहरीको टोलीले रामप्रवेश पासवानको घरमा छापामारी बालकको सकुसल उद्धार गरेको हो  ।

पक्राउ पर्नेमा घरधनी रामप्रवेश पासवान र सर्लाही हजरिया गाबिस वडा न.९ का रामजी यादव रहेका छन् भने प्रहरीले उनीहरुबाट एकथान कटुवा बन्दुक सहित ८ राउण्ड गोलि समेत बरामद गरेको छ । हाल अपहरणकारी र बालक रौतहट प्रहरीको जिम्मामा रहेको जनाइएको छ । अपहरणकारी हरुले नेपालमा बालकलाई लुकाएर बालकको परिवारजन सित दश दिनदेखि भारतीय रुपैयाँ १५ लाखको माँग गर्दै आएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: