गोरखापत्रका सिरहा सम्वाददाता समाद एफ एम प्रति पुर्वाग्रही

राधेश्याम राम
सिरहा लहान, माघ ११  – लहानबाट प्रकाशित हुने स्थानिय मानिकधार साप्ताहिक पत्रिकाको माघ ६ गतेको अंकमा प्रकासित समाचार प्रति समाद एफं एमको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । समाद एफ.एमले एक बिज्ञप्ति प्रकाशित जारी गरी आफनो दोस्रो बार्षिक उत्सब सम्बन्धी प्रकाशित समाचार पुर्वाग्रही भएको समचार प्रति घोर आपत्ति जनाएको छ । सामाचारमा समाद एफ एममा पंचायती मानसिकता रहेको भएर जनप्रतिनिधी लाई नगरेर प्रशासनका प्रमुख लाई प्रमुख अतिथी वनाईएकोले पंचायत भएको उल्लेख गरेका छ ।

कार्यक्रमममा प्रमु र सिरहा सप्तरी उदयपुर सिन्धुली लगायतका ठाँउमा वसोवास गरिरहेका आवाज बिहिनहरुको आवाज प्रशारण गरेर आफ्नो छुटै पहिचान बनाउदै आएको सामुदायिक रेडियो समाद एफ।एम को दोस्रो बार्षिक उत्सब समारोहमा ईलाका प्रशासन कार्यालय लहानका प्रशासकिय अधिकृत रामचन्द्र कुर्मी लाई प्रमुख अतिथि बनाईएको सम्बन्धमा गोरखापत्र दैनिकका सिरहा समाचार दाता समेतरहेका र मानिकधार साप्ताहिकका प्रकाशक तथा सम्पादक सन्तोष सुबेदीले लेखेकॊ समाचार आफैमा पन्चायती मानसिकताबाट पे्ररित रहेको समाद एफ. एमले ठहर गरेको छ । स्थानिय रेडियोले स्थानिय सरोकारवाला निकायका जिम्मेवार ब्यक्तिलाई प्रार्थमिकता दिनुआफैमा सकारात्मक पक्ष भएको समाद एफ एमले ठहर गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । यसरी पुर्बा्ग्रही भएर समाचार सम्प्रेशण गर्नु आफैमा पन्चायती शैली भएको भन्दै परिर्बर्तनलाई स्वीकार नगर्ने मानसिकता बाट गोरखापत्रका सिरहा सम्वाददाता सन्तोष सुवेदी प्रेरित भएको हाम्रो ठम्याई रहेको समाद एफ एमले जनाईएको छ ।

पत्रकारिताको आचार संहिता बिपरित समाचार प्रकाशन गर्नु गोरखापत्र दैनिक पत्रिकामा काम गर्नु निर्लज्जताको पराकाष्ठ भएको समाद एफ . एमको ठहर रहेको छ । समाद एफ. एमको दोस्रो बार्षिक उत्सब कार्यक्रममा उपस्थीती नै नभएर घरैमा बसेर संचार गृहको बदनाम गर्ने उदेश्यले पुर्बाग्रही भएर समाचार प्रकाशन गरेको आरोप लगाउदै सत्य तथ्य समाचार र सही सुचना दिएर स्थानिय भाषा स्थानिय आवाज स्थानिय समस्या र समाधानका उपाय लाई उठाउदै आएको रेडियो प्रति गलत समाचार लेखेर जनतालाई भ्रमित गर्ने कामको समाद एफ एम कडा शब्दमा आपति जनाउदै पुनः समाचार सच्चाउन र गलत समचार सम्पे्रशन गर्नेलाई अविलम्व कार्वाहीको माँग गरेको छ ।

Advertisements

One Response

  1. त्यस्तो समाचार दातालाई कडाभन्दा कडा कानुनी कारवाई गर्नु पर्छ /

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: