नेपाल र भारत बिचको सम्बन्ध अटुट:नेता सिंह

सप्तरी १३ माघ ।गणतन्त्रवादी नेता रामराजा सिंहले नेपाल र भारतका विचको सम्वन्ध सदियौ देखि कायम रहेकोले यसलाई कसैले समाप्त गर्न नसक्ने कुरा वताएका छन् । मंगलवार ६१ औं भारतीय गणतन्त्र दिवसका अवसरमा नेपाल भारत मैत्रि संघ सप्तरीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आशनवाट वोल्दै उनले भने – भारत नेपाल सदियौ देखिका मित्र देश हुन यीनिहरुको सम्वन्ध सदा प्रगाढ रहिरहने छ ।

जनवादी मोर्चा नेपाल नामक पार्टी खोल्दा भारतमै वसेर हतियार वनाउने र चलाउने तालीम लिदा त्यहाका जनताले ठूलो सहयोग गरेको र भारतीय स्वतन्त्रताका लागि तत्कालीन नेता जय प्रकाश नारायण राम मनोहर लोहिया सप्तरीको हनुमाननगरमा पक्राउ पर्दा नेपाली जनताले नै उनीहरुलाई मुक्त गराएको स्मरण गर्दै सिंहले यो उदाहरणले दुई देश विच क्रान्तिको सम्वन्ध समेत रहेको पुष्टि हुन्छ भने ।भारतीय स्वतन्त्रता आन्दोलनताका विरामी भएर दरभंगामा ३ महिना त्यही वसि उपचार गराउदा भारतीय जनताले अहिनसात्मक मुक्ति युद्ध लडेको प्रत्यक्ष देखन पाएको वताउदै िसंहले आफुलाई पनि त्यसवाट क्रान्ति गर्नु पर्ने प्रेरणा जागेको दावी गरे ।

सिंहले भने – महात्मा गांधीको नेतृत्वमा संचालित त्यो आन्दोलन वास्तवमै अदभुत थियो । भारतकै स्वतन्त्रता आन्दोलनवाट नेपालमा पनि सामन्ति जहानिया राणा शासन विरुद्ध आन्दोलनको विजारोपण भएको टिप्पणी गर्दै सिंहले यी दुई देशको मित्रता इतिहास वनिसकेको छ भने । सोही कार्यक्रममा नेपाली कांग्रेसका वयोवृद्ध नेता जय नारायण मंडलले सप्तरीमा वन्दि रहेका जय प्रकाश र लौहियालाई दुई नेपालीले ज्यान गुमाएर भए पनि मुक्त गराई सम्वन्ध त्रगाढ तुलयाएको उल्लेख गरे सप्तरीको प्रमुख जिल्ला अधिकारी राम प्रसाद घिमिरेले विभिन्न दृष्टिकोणवाट कायम भएको यी दुई देश विचको मित्रता सदा वहार रहनेछ भने ।

कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका महा सचिव सुरेश कुमार सिंहले भारतीइ सहयोगमा सप्तरीमा संचालित योजनाहरु मध्ये कतिपय हाल सम्म अधुरै रहेकोले त्यसलाई पुरा गरि तप योजना संचालन गराई विकासको गति अघि वढाउनु पर्नेमा जोड दिए ।नेपाल भारत मैत्रि संघ सप्तरीका संयोजक मनोज कुमार मुन्धडाको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ट पत्रकार शिवहरी प्रसाद भट्टराई प्रेस चौतारिका केन्द्रिय सदस्य प्रकाश कुमार खतिवडा समाज सेवी शेखर प्रसाद सिंह  लगायतले पनि नेपाल भारत विचको सम्वन्ध वारे चर्चा गरेका थिए ।


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: