माओवादी बिरुद्ध भारत जोगबनीमा प्रदर्शन

भारतीयले प्रचण्डको पुत्ला जलाए , तीन बुँदे माग राख्दै नेपाल सरकारलाई ज्ञापनपत्र
केशव कुमार दास
बिराटनगर माघ १३ – एकीकृत नेकपा माओवादीले निकालेको पोष्टरले भारतको राष्ट्रियताको अपमान गरेको भन्दै भारतीय नागरिकले मंगलबार सीमावर्ती जोगबनी नाकामा विरोध प्रदर्शन गर्नुका साथै सो पार्टीका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन् ।mm

 विरोध प्रदर्शनले दिनभर सो नाकाबाट हुने आवागमन प्रभावित रह्यो भने स्थानीय बजार पनि बन्द भएको छ । चौथो चरणको आन्दोलन घोषणा गरेको माओवादीले हालै ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’ शिर्षक मा  नेपालको नक्सासहित सीमा अतिक्रमण जनाउने पोष्टर प्रकाशित गरेको छ ।

सो पोष्टरमा नेपाली भूमिभित्र अतिक्रमणको विरोधमा प्रदर्शन भएको र सीमालाई काँडावाल बुटजुत्ताले कुल्चिएको देखाइएको छ । सोही पोष्टरलाई आधार बनाई भारतीय दैनिक जागरणको भागलपुर संस्करणको मंगलबारको अंकमा समाचार प्रकाशित भएपछि उनीहरू माओवादीको विरोधमा उत्रिएका हुन् । ६१औं गणतन्त्र दिवस मनाउने दिन प्रकाशित सो अंकमा पोष्टरमा देखाइएको बुटजुत्तामाथि भारतीय तिरङ्गायुक्त झण्डा राख्नु राष्ट्रियताको अपमान भएको शिर्षक  दिँदै समाचार प्रकाशित भएको छ । छैठौं पृष्ठमा प्रकाशित सो समाचार पढेर भारतीय नागरिक उत्तेजित भएका हुन् । उनीहरूले माओवादी अध्यक्ष प्रचण्डविरूद्ध दिनभर चर्को नाराबाजी गर्दै पुत्ला दहन गरे ।

पुत्ला जलाउनुअघि त्यसलाई जुत्ता र झाडुले कुटेर आक्रोश व्यक्त गरेका थिए । भारतीय नाकातर्फ भएको प्रदर्शनमा विरोध जनाउनेहरूले आफूहरूको झण्डाको अपमान गर्ने अधिकार प्रचण्डलाई नभएको भन्दै त्यसको ठूलो नोक्सानी उनले व्यहोर्नुपर्ने चेतावनी दिएका थिए । १० वर्षो जनयुद्धका क्रममा नेपाली जनताले भोगेको दुःखलाई सम्झन आग्रह गर्दै कोणसभामा बोल्नेहरूले प्रचण्डलाई कडा सजाय दिनुपर्ने बताएका थिए । सीमापारिको तनावका कारण किनमेलका लागि त्यहाँ पुगेका सयौं नेपाली मंगलबार त्यसै र्फकन बाध्य भए । प्रदर्शनकारीले सडकमा सहजरूपमा हिंड्नसमेत रोक लगाउँदै नेपालतर्फआएर पर््रदशनको प्रयास गरे ।

माओवादी र अध्यक्ष प्रचण्डविरूद्ध नारा लगाउँदै ठूलो संख्यामा आएका भारतीयले नेपालतर्फो ढाट बन्द गराउने प्रयास गरेपछि सशस्त्र र नेपाल प्रहरीले उनीहरूलाई रोकेको थियो । सीमामा भारततर्फरहेको दुइ देशबीचको ढाट बन्द गराइ बिरोधमा उत्रिएका प्रदर्शनकारीले प्रचण्डले भारतसँग माफी नमागे नेपालका लागि नून र अन्न बन्द गराउने चेतावनी दिए । आन्दोलनमा उत्रिएका भारतका पूर्व बिधायक जाकिर अनवरले प्रचण्डलाई नेपाल सरकारले कारवाही नगरे सिंगो भारत माओवादीविरूद्ध उत्रने चेतावनी दिनुभयो । भारतको स्वतन्त्रता दिवसका दिन उनीहरूले सीमामा माओवादीविरूद्ध आन्दोलन गरेर दिन बिताएका थिए । भारतीय नागरिकका तर्फाट त्यसै दिन उनीहरूले तीन बुँदे माग राख्दै नेपाल सरकारलाई ज्ञापनपत्र पठाएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारीमार्फ पठाइएको ज्ञापनपत्रमा भारतबिरोधी गतिविधि बन्द गर्नुपर्ने, प्रचण्डले भारतीय जनतासँग माफी मागेर भारतबिरोधी गतिबिधि बन्द गरेको घोषणा गर्नुपर्ने र दुइ देशबिचको मैत्री बिरोधी तत्वलाई दवाएर नेपाल-भारतका जनताबीचको सम्बन्ध सौहार्द बनाई राख्न अनुरोध गरिएको छ । माग पूरा नभए आन्दोलन जारी रहने उनीहरूले ज्ञापनपत्रमार्फ चेतावनी दिएका छन् । सीमावर्ती क्षेत्रका स्थानीयवासी तथा नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य राजेश गुप्ताले माओवादीले भारतको झण्डा प्रयोग गरी पोष्टर निकाल्नु उचित नभएको बताउनुभयो ।

माओवादीले भने पोष्टरले भारतको अपमान गर्न खोजेको नभई नेपालको सीमा मिचिएको दर्शाउन खोजेको जनाएको छ । एकीकृत माओवादीका कोचिला राज्य समिति सजिवालय सदस्य भोगेन्द्र यादलले भन्नु भयो ‘बुटले भारतले नेपालको सीमा मिचेको देखाइएको हो ।’ उहाँले भारतीयले बिना मौसमको रंग दिएर अराजनीतिक आन्दोलन गरेको बताउनुभयो । ‘नेपालको हित नचाहनेहरूले आन्दोलन गरेको हुन्’ यादवले भन्नुभयो- ‘पोष्टरमा नेपालको नक्सा मिच्न दिँदैनौं हामी देशको रक्षा गछौर्ं भन्ने संकेत गरेको छ ।’ माओवादीका मोरङ जिल्ला सहइञ्चार्ज सुशीलले पनि कसैको अपमानका लागि आन्दोलन नभएको बताउनुभयो ।

5 Responses

  1. India ma matrai hoina aru country ma pani parchanda ko birodh garne chhan, testa neta lai jun country le pani birodh gar chha, putala jalau chha,

  2. i like parchand
    i paroud of parchand

    thankyou
    parchand

  3. parchand le ke diyeko chha ra, khali nepal lai khokla banayera chhadi sake , sabai janta lai sikai sake banduk chalauna aaru kehi garekai chhaina… banduk chalauna sikayeko cha parchanda le

  4. aatankbadi ko jaha pani birodh hunchcch yo ta india ma matrai bhaeko chch yo jyan mara ko ta pura world ma birodha hunu parchcha jay nepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: