अब लोडसेडिङ दैनिक ११ घण्टा हुने

केशव कुमार दास
नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ गर्ने भएको छ ।m यसअघि दैनिक ९ घण्टा लोडसेडिङ हुँदैै आएको थियो । नदी र जलाशयमा पानीको बहाव घट्दै गएकोले विद्युत उत्पादनमा कमी आएको भन्दै प्राधिकरणले लोडसेडिङको अवधि थप दुइ घण्टा बढाएको हो । योसँगै सातामा ७७ घण्टा लोडसेडिङ हुनेछ । शनिबारदेखि भक्तपुर सब स्टेशननमा बसवार जडान कार्यका लागि खिम्ती र भोटेकोशीको जलविद्युत गृह पूरै बन्द गर्नुपर्ने भएकाले सो दिन थप विद्युत कटौती हुने नेपाल विद्युत प्राधिरण भार प्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटले जानकारी दिनुभयो । पानीको वहावमा अझै कमी आए लोडसेडिङको अवधि बढाउन सकिने उहाँले बताउनुभयो । यसैबीच विराटनगरका उद्योगी व्यापारीहरूले लोडसेडिङको बिरोध गर्दै आन्दोलन गर्ने तयारी गरेका छन् । उद्योग संगठन मोरङमा आबद्ध उद्योगीहरूको बुधबार बसेको बैठकमा सरकार विरूद्ध आन्दोलन गर्नेबारे छलफल भएको संगठनका सदस्य राकेश सुरानाले बताउनुभयो । बिहीबार बस्ने बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने तयारी भएको बताइएको छ ।
Advertisements

One Response

  1. wel come to you

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: