• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

झडप र विवाद बीच सप्तरी एमालेको नेतृत्व चलन

सप्तरी१४ माघ ।विवाद र झडपका बीच नेकपा एमाले सप्तरीको जिल्ला नेतृत्व चयनका लागि स्थगीत मतदान आज समपन्न भएको छ । गत पुस २६ गते सुरु भएको मतदानमा फर्जी मत खसेको भन्दै मतदान स्थगीत गरिएको थियो । कुल ४०७ मतदाता मध्ये २३२ जनाले मतदान गरी सकेपछि स्थगीत मतदान आज सुरु भएपछि असन्तुष्ट पक्षले मतदान बिथोल्नका लागि मतदान भईरहेको सप्तरीको राजबिराज स्थित अफिस्र क्लब अगाडी नाराबाजी र ढुगां मुढा गर्न थालेपछि दुबै पक्षबीच झडप भएको थियो ।

झडपमा परी एमाले असन्तुष्ट पक्षका नर्मदेव यादव ,रमेश यादव ,ब्रहमदेव यादव,सुबालाल मण्डल ,सुरेश राय लगायतका सात जना नेता तथा कार्यकर्ता घाईते भएका छन । घाईतेहरुको स्थानिय सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार भईरहेको छ । मतदान कार्य सम्पन्न भए पनि मतगणना कार्य आज रातीबाट सुरु हुने नेकपा एमाले सप्तरीले जनाएको छ ।यसैबीच सो निर्वाचनलाई अबैध ठहर गरि अर्का पक्षले उमेश प्रसाद यादवको अध्यक्षतामा ५५ सदस्य समानान्तर नेकपा एमाले सप्तरी जिल्ला कमिटि गठन गरेको छ ।

गठित समितिको उपाध्यक्ष सचिव र सह सचिवमा क्रमशः बसन्त कुमार मिश्र ,प्रताप नारायण चौधरी र देवराम शर्मा रहेका छन । त्यस्तै सदस्यहरुमा गरभि पजियार ,विश्वनाथ प्रसाद यादव ,शिव नारायण यादव ,दुर्गा प्रसाद साह ,उमाकान्त यादव, नागेश्वर प्रसाद यादव, अनिरुद्ध प्रसाद िसंह यादव, भुपेन्द्र प्रसाद यादव ,कैलास प्रसाद देव, नारायण प्रसाद यादव ,दिनेश कुमार यादव ,महेन्द्र प्रसाद विराजी, शत्रुधन प्रसाद साह ,बदि्र नारायण चौधरी, राम सेवक यादव सहित ५५ जना सदस्य रहेका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: