शिक्षा अधिकारीलाई छानविनका लागि वोलावट

केशव कुमार दास
जिल्ला शिक्षा कार्यालय मोरङका शिक्षा अधिकारी उपेन्द्र मण्डललाई सार्वजनिक लेखा समितिअर्न्तर्गतको राहत कोटा छानविन समितिले स्पष्टिकरण लिने भएको छ । सिरहा र मोरङमा रहँदा राहत कोटा वितरण र कार्यालयका भौतिक सामग्रीको हिनामिना भएको ठहर गर्दै समितिले शिक्षा अधिकारी मण्डललाई स्पष्टिकरणका लागि माघ १९ गते समितिको कार्यालय काठमाडौंमा उपस्थित हुन मंगलबार पत्राचार गरेको छ । शिक्षा अधिकारी मण्डलले सिरहामा रहँदा शिक्षा कार्यालयको एउटा सरकारी गाडी, ल्यापटप र मोटरसाइकल गायब पारेको उजुरी परेपछि स्पष्टिरणका लागि समितिमा बोलाउने निर्णय भएको समितिका संयोजक एवं सभासद् केशव मैनालीले जानकारी दिनुभयो ।

सिरहामा रहँदा मण्डलले कार्यालयको गाडी आगजनी भएको भनेर गलत रिपोर्टिङ गरी सो गाडी, ल्यापटप र मोटरसाइकल गायब पारेको समितिले जनाएको छ । यसका साथै कोटाभन्दा बढी राहत शिक्षक वितरण गरेको र स्कुल नभएका ठाउँमा पनि स्कुलको संख्या देखाएर आर्थिक अनियमितता गरेको भन्दै मण्डलविरूद्ध दर्जनौं उजुरी परेको संयोजक मैनालीले बताउनुभयो । मण्डलको स्पष्टिकरणका आधारमा उनीमाथि कार्वाहीको प्रक्रिया अगाडि बढाउने निर्णय समितिले गरेको छ । सिरहामा रहँदै विवादमा परेका मण्डल मोरङमा पनि विवादमा तानिएका छन् । भदौमा कामु जिशिअ भएर आएका मण्डल बिदामा जाँदा बिदाको समेत हाजिर गएर गएपछि पहिलोपटक विवादमा परेका थिए ।

उनी मोरङमा राहत दरबन्दी वितरण प्रक्रियामा पनि विवादमा तानिएका छन् । आफूलाई अधिकार नदिईकन शिक्षा समितिले राहत दरबन्दी वितरण गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । अनियमित ढंगले राहत दरबन्दी वितरण गरी आर्थिक चलखेल गर्ने दाउमा लागेको शिक्षकहरुले आरोप लगाएका छन् । उनले राहत दरबन्दी वितरणको विषयमा माओवादीनिकट शिक्षक नेता सुर्य देव  यादवको नेतृत्वमा पछिल्लोपटक बनाएको समिति पनि भंग भएको छ । मोरङमा अस्तित्वमा नै रहेका शिक्षकका संगठनलाई क्रियाशील गराएर आफ्नो उद्देश्य पूर्ति गर्न उनी लागिपरेको स्रोतले बताइएको छ । उनले भौतिक निर्माणको वितरणमा समेत विवाद ल्याउने काम गरिरहेका छन् ।

शिक्षा कार्यालयका हरेक काममा हस्तक्षेप गर्ने र शिक्षा कार्यालयमा नबस्ने आरोपसमेत उनलाई लागेको छ । उनले अनावश्यक रुपमा जिल्ला शिक्षा कार्यालयमा भींड बढाएकै कारण कर्मचारीहरू असुरक्षित भएको स्रोतको दाबी छ । त्यसो त उनले माओवादीनिकट शिक्षक संगठनलाई पनि दुइ ध्रुवमा विभाजित गराउन सफल भएको स्रोतले बताएको छ । सुर्य देव  यादवलाई च्यापेर उनले काम गरिरहेका छन् । शिक्षा कार्यालयमा कर्मचारी पिटिंदासमेत उनले कुनै चासो नदिएको बताइएको छ । कर्मचारीहरुलाई धम्की आएका कारण केही कर्मचारी अहिले पनि जिल्ला शिक्षा कार्यालयमा जान सकेका छैनन् । फायल बढुवाबाट उपसचिव भएकाहरूलाई जिल्ला शिक्षा अधिकारी बनाउने प्रावधान नभए पनि उनी विशेष पहुँचमा मोरङ आएका हुन् ।

सुरूमा तीन महिनाका लागि उनलाई पठाइए पनि अहिले अर्को व्यवस्था नभएसम्मका लागि भनेर राखिएको छ । त्यसो त तमलोपाका कार्यकर्तालाई चित्त बुझाउन नसकेपछि उनलाई तमलोपाका कार्यकर्ताहरूले घेराउसमेत गरेका छन् । दुइदिनअघि जिल्ला शिक्षा कार्यालयको क्वाटरभित्रै उनलाई दर्ुर्व्यवहार गरी कार्यकर्ताले थुनेपछि प्रहरीले उद्धार गरेको थियो । अहिले जिल्ला शिक्षा कार्यालयको क्वाटरमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ । उनले मन्त्रीलाई विशेष अनुरोध गरेपछि केन्द्रकै निर्देशनमा सुरक्षाको व्यवस्थापन मिलाइएको हो । यता एक अर्को स्रोतले आफू असुरक्षित भएको प्रचार गरेर जिल्ला शिक्षा कार्यालयमा अनुकूल निर्णय गराउन यस्तो नाटक गरेको हुनसक्ने बताएको छ । यी सबै विषयमा कुरा कुरा गर्नका लागि शिक्षा अधिकारीसँग प्रयास गरिए पनि उनी सम्पर्क बाहिर रहे ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: