बीरगंज, माघ १५, मधेसी जनअधिकार फोरम नेपालले आफनो पूर्व घोषित तेस्रो चरणको आन्दोलन अर्न्तर्गत हिजो जिल्ला प्रशासन कार्यालय पर्साको मुल गेटमा दुइ घण्टा धर्ना बसेका थियो ।mm
फोरमको पर्सा जिल्ला कार्य समितिका अध्यक्ष शशिकपुर मियाको नेतृत्वमा बीरगंज घण्टाघरबाट गएको र्याली जिप्रका पर्साको मुल गेटमा पुगी दुइ धण्टा धर्नामा बसेका थिए । धर्नाको क्रममा फोरमको कार्यकर्ताहरुले नेपाल सरकारसंग भएका २२ बुदे र ८ बुदे सम्झौता तुरुन्तै कार्यान्वयन गर र संघीयता विरोधी सरकार होसियार जस्ता नारा लगाएका थिए ।
विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बसेको धर्नामा जिल्ला उपाध्यक्ष प्रदिप यादब, युवा नेता फिरोज मंसुर, महिला फोरमका अध्यक्षअ सुनिता सिंह, विधार्थी फोरमका यशवन्त यादब, श्रमीक फोरमका विन्देश्वरी यादब लगायतको उपस्थिती रहेको थियो ।
Filed under: तराई नेपाल |
thanks madhesi foram kunai pani halt ma madhesh lai 1madhesh 1 pardesh banaunu parchha chahe tayas ko lagi pahadi neta haru sang jan yudh garnu parchha bhane madhesi janta taiyar chha upendra jiyu……………………………..