• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

भन्सारको काम पुरातत्वमा अड्कियो

केशव कुमार दास
मोरंग माघ १५- भारत सरकारको सहयोगमा मोरङको बुधनगर गाविस अर्न्तगत पर्ने भेडियारीमा बनाउन लागिएको आधुनिक भन्सारको काम पुरातत्व विभागको ढिलाईले गर्दा अघि बढ्न सकेको छैन । भन्सार निर्माणका लागि जग्गा अध्रि्रहण गर्नुपर्नेमा भेडियारी क्षेत्र पुरातात्विक महत्वको क्षेत्रका रूपमा चिनिने हुँदा विभागको सहमति चाहिएको हो । भन्सार विभागका निर्देशक श्याम दाहालका अनुसार उत्खनन् गरेका सामग्रीको संरक्षण गर्ने योजनासहितको सहमति पुरातत्व विभागले जनाए पनि उसको धारणा अझै प्रष्ट हुन नसकेकाले केही दिनभित्रै बैठक राखी स्पष्ट गरिने भएको छ ।

सो विभागको सहमतिपछि जग्गा अध्रि्रहणको प्रक्रियालाई अघि बढाइने भएको छ । दुइ अर्बको लगानीमा भारत सरकारले बनाउन लागेको नयाँ भन्सारमा भन्सार जाँच पास, अध्यागमन र क्वारेन्टानइनको समेत एकै ठाउँबाट सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । ती सम्पूर्ण सुविधाहरूसहितको भन्सारसँगै जोडाएर भारततर्फपनि बनाइने छ र उता भने दुइ बर्ष  अघि नै जग्गा अध्रि्रहण भइसकेको छ । नेपालतर्फभने भेडियारीलाई विराट राजाको दरबार रहेको मानिएकाले पुरातात्विक महत्वको ठाउँ भनी जग्गा अध्रि्रहण गर्न दिइएको छैन ।

संरक्षित क्षेत्रभन्दा दुइसय मिटर टाढा सारेर भन्सारका लागि जग्गा छुट्याउने तयारी भए पनि पुरातत्व विभागको ढिलाइले काम रोकिएको हो । अध्रि्रहण गरिने जग्गाको मुआब्जा दिन नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा ७ करोड रूपैयाँ छुट्याइएको छ । यसअघि पनि ५ करोड बजेट छुट्याइएको थियो । काममा ढिलासुस्ती भएपछि यहाँका उद्योगी व्यवसायीले तत्काल काम सुरू गर्न सरकारको ध्यानाकर्षा गराएका छन् । मोरङ व्यापार संघका अध्यक्ष महेश जाजूले जग्गा अध्रि्रहणको प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: