• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

शहीद झाको बलिदानी दिवस मनाईयो सरकारले शहीद घोषणा नगरेकोमा आपत्ति

‘दुर्गानन्द झालाई २०२० साल माघ १५ गते तत्कालीन राजा महेन्द्र माथि बम फालेको आरोपमा फाँसि दिइएको थियो”
जनकपुरधाम माघ १५ – शहीद दुर्गानन्द झाकको ४७ औं बलिदान दिवस आज शुक्रवार जनकपुरमा विभिन्न कार्यक्रमबीच मनाईएको छ। शहीद दुर्गानन्द झा स्मारक निर्माण समिति जनकपुरद्वारा जानकी मन्दिरमा बलिदान दिवसको अवसरमा श्रद्धांजलि सभाको आयोजन गरिएको हो। सभामा वक्ताहरुले शहीद दुर्गानन्द झाले गणतन्त्रको पक्षमा बलिदानी दिँदा पनि गणतन्त्र स्थापनापछी पनि सरकारले शहीद घोषणा नगरेको प्रति घोर आपत्ति जनाएको छ।

समितिको अध्यक्ष वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षता तथा सभासद रामसरोज यादवको प्रुमख आतिथ्यमा भएको सभामा प्रा. रामकुमार यादवले शहीद झा सित सरकारले अन्याय गरिरहेको आरोप लगाउनु भएको छ। वहाले बस दुर्घटना चोरी डकैतीको क्रममा मारिएका हरुलाई सरकारले शहीद घोषणा गरेका छन् तर गणतन्त्रको निम्ति सरकारी निर्णय अधारमा शहादत दिएका दुर्गानन्द झालाई शहीद घोषणा नगरेकोमा  टिप्पणी गरेका छन् । कार्यक्रममा मधेशी जनअधिकार फोरम मधेशको केन्द्रीय उपाध्यक्ष रामप्रकाश साहले दुर्गानन्द झा मधेशी भएको कारणले वहाँलाई शहीद घोषण नगरिएको दावी गरे ।

त्यसैगरी  नेपाल सदभावना पार्टी आनन्दी देवी धनुषाका अध्यक्ष राम गोविन्द यादवले दुर्गानन्द झालाई राष्ट्रीय शहीद घोषणा, संविधान सभा हललाई दुर्गानन्द झा क्रान्ति हल नामाकरण तथा जनकपुरधाममा  प्रस्तावित वाह्य चक्रपथको नाम दुर्गानन्द चक्रपथ राख्न माँग गरेका छन्।कार्यक्रममा अरविन्द ठाकुरको उपस्थिति रहेको थियो वहाले दुर्गानन्द झा सँगको जेल जिवनको स्मरण गर्नुभयो।कार्यक्रममा अध्यक्ष नेपालीले दुर्गानन्द झाको स्टेच्यू काठमाडौंमा निर्माण भईसकेको र चाडै जनकपुर ल्याएर प्रतिस्थापित गरिने बताउनु भयो।

कार्यक्रममा रामरतन मिश्र, तरुणदलका केन्द्रीय सदस्य प्रफुल्ल राज घिमिरे ,किशोरी साह, राम हृदय, शिवधारी यादव ,राम स्वार्थ ठाकुर सहितले मन्तव्य राखेका थिए। कवियत्री पुनम झा ,जयनारायण झा जिज्ञासु, रुद्र नारायण झा मडई प्रेमविदेह ललन जयशंकर नाथ झा सहितले कविता पाठ गरेका थिए। यता शहीद झाको पैतृक गाउँ जटहीमा निर्मित दुर्गानन्द झाको स्मारक माथी पनि दुर्गानन्द झालाई श्रद्धाजली अर्पण गरिएको छ। स्थानीय दुर्गादत्त मेमोरियल क्लबको  अध्यक्ष रोहित चौधरीको अगुवाईमा स्मारकमाथि माल्यार्पण गरि शहीद झाको स्मरण गरिएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: