सीसी टीभी जडान गरिने

केशव कुमार दास
बिराटनगर माघ १५- बढ्दो अपराधलाई नियन्त्रण गर्न विराटनगरमा सीसी टीभी -क्लोज र्सर्किट टेलिभिजन) जडान गरिने भएको छ । नगरको बढ्दो जनसंख्यासँग अपराधमा पनि बृद्धि हुन थालेकाले सीसी टीभी जडान गर्न लागिएको हो । प्रहरी स्रोतका अनुसार जिल्ला विकास समिति, उपमहानगरपालिका र निजी संस्थाहरूको सहयोगमा बजार क्षेत्रभित्र सीसी क्यामेरा राख्न लागिएको हो । त्यसका लागि चाँडै नै प्रस्ताव आह्वान गरिने भएको छ ।

नगरका विभिन्न ठाउँमा गरी झण्डै ३० वटा क्यामेराहरू जडान गरिने भएको छ । विभिन्न बैंकहरू, स्पाइस नेपाल -मेरो मोबाइल) र निजी कम्पनीहरूले समेत सीसी क्यामेरा राख्न इच्छा व्यक्त गरेकाले सोको तयारी गर्न लागिएको हो । सो प्रविधिको प्रयोगपछि नगर क्षेत्रमा हुने अपराधमा कमी आउने प्रहरीको भनाई छ । हालसम्म काठमाडौंमा मात्रै सीसी टीभी राखिएको छ । काठमाडौंमा सरकारी खर्चमा राखिएकोमा विराटनगरमा भने सरकारको सहयोग बिना नै राख्न लागिएको हो ।


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: