जनकपुरधाम माघ १६ – मिथिला महोत्सव २०६६ सफल बनाउनको निम्ति चैत्र १ गते देखि चैत्र १५ गतेसम्म बन्द हडताल र चक्काजाम सहितको कार्यक्रम नगर्न वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले सबै पक्ष संग अपील गरेको छ। परिषदको अध्यक्ष दिगम्वर रायको अध्यक्षतामा शुक्रवार भएको राजनीतिक दलहरुको बैठकमा महोत्सव स्थल तिरहुतिया गाछीमा महोत्सवको तैयारी भैरहेकोले अहिले त्यहाँ कुनै प्रकारको कार्यक्रम हरु नराख्न आग्रह गर्नुभएको छ ।
महोत्सवको सफलताको निम्ति अनुगमन पर्यवेक्षण तथा निरीक्षणको निम्ति एकीकृत माओवादीको केन्द्रीय सल्लाहकार असर्फी मिनवार यादवको संयोजकत्वमा सर्वदलीय संयन्त्र गठन गरिएको छ।बैठक बाट महोत्सवको सफलताको निम्ति आ आफ्नो क्षेत्र बाट सहयोग गर्न सबै पक्षलाई आग्रह गरिएको छ।
Advertisements
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्