• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मधेशवादी दलहरुको सहभागिता विना संयन्त्र औचित्यहिन:गच्छदार

गच्छदारलाई कालो झन्डा देखाइयो प्रहरी र प्रदर्संनकारी बीच झडप
वीरगंज माघ १६ – मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले मधेशवादी दलहरुको सहभागिता विना गठित उच्चस्तरीय राजनीतिक संयन्त्र औचित्यहिन रहेको बताउनुभएको छ।विरगंजमा शनिवर आयोजित पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले राजनीतिक गतिरोध अन्त्य ,शान्ति प्रकि्या र संविधान निर्माणलाई पूर्णता दिनको निम्ति संयन्त्रमा मधेशवादी दलहरुको सहभागिता आवश्यक रहेको बताउनुभयो। फोरम नेपालद्वारा थरुहट सयुक्त संघर्ष समिति संग गरिएको कार्यगत एकता अस्वभाविक रहेको वहाको टिप्पणी रहेको थियो।

राज्य पुनःसंरचनाको मुद्दामा सहमतिको विकल्प नरहेको भन्दै वहाले आफ्नो पार्टीले एक मधेश प्रदेशको अडान कायमै राखेको बताउनुभयो। वर्तमान सरकार सफल रहेको भन्दै उपप्रधानमन्त्री पनि रहेका गच्छदार नेपाली सेनालाइ  राजनीतिकरण बाट टाढा राख्नुपर्ने धारणा व्यक्त गर्दै शिविरमा रहेको माओवादी सेनालाइ सेनामा समायोजन नगरिने भन्दै उनीहरुलाई राज्यको अन्य सुरक्षा निकायमा राख्नुपर्नेमा जोड दिनुभयो।

यसैबीच वाराको सदरमुकाम कलैया पुगेका अध्यक्ष गच्छदारलाइ मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन्। युवा फोरम नेपालको पूर्व केन्द्रीय सदस्य सुनिल यादव नेतृत्वको कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गर्दै स्वागतद्वारमा आगो समेत लगाएका छन्। सो क्रममा प्रहरी र फोरम नेपालका कार्यकर्ताहरु बीच झडप भएको युवा फोरमका केन्द्रीय सदस्य सरोज रायले जनाए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: