जनकपुरधाम माघ १७ – नेपाल रेडक्रस सोसाइटी धनुषाको जनकपुरको उतिमपुर स्थित गोदाम स्थल बाट एउटा ट्रयाक्टरमा लैजादै गरेको सामानलाई एकीकृत नेकपा माओवादीहरुले रोक लगाएको छ। माओवादीको अवरोधको कारण ट्रेक्टरमा राखिएको सामानलाई पुन: गोदाम घरमा राखिएको थियो। प्रत्यक्षदर्शी हरुको अनुसार शनिवर दुइ बजेतिर आधा दर्जनको संख्यामा रहेको माओवादी कार्यकर्ताहरुले रेडक्रसको उपसभापति अशोक पाण्डेको नेतृत्वमा ट्रयाक्टरमा सामानहरु राखिरहेको अवस्थामा अवरोध गरेको थियो।
माओवादीको धनुषा निर्वाचन क्षेत्र नं.४ को सचिव नन्दकिशोर झाले राहतको रुपमा बाड्न आएको सामानहरु विक्री गर्नको निम्ति बजारमा लागिरहेकोले अवरोध गरिएको बताए। झाले प्रत्येक हप्ता यहीबाट सामनाहरु बजारमा बिक्रि गरिदै आइरहेको आरोप लगाएका छन्। रेडक्रसको उपसभापति अशोक पाण्डेले भने माओवादीको आरोप निराधार रहेको भन्दै उतिमपुरको गोदामबाट धनुषाको बरहरी बजारमा रहेको गोदाममा लगिदै गरेको थियो भन्दै उनले समान उतिमपुरबाट खाली गर्ने जानकारी पुरा कार्यसमितिलाइ रहेको दावी गरे । ज १ त ३९७७ नम्बरके ट्रयाक्टरमा उनले सामान लाग्दै गरेका थिए ।
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्