• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

उपेन्द्र र थारुको साठगाठ कुकुर र विरालोको जस्तै हो : गच्छेदार

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष तथा उपप्रधानमन्त्री बिजय कुमार गच्छेदारले उपेन्द्र यादब र लक्ष्मण थारुको साठगाठलाई कुकुर र विरालोको अस्वाभाविक सम्बन्धको संज्ञा दिनु भएको छ ।mm
हिजोबाट बीरगंजको नगरसभा गृहमा शुरु भएको पार्टीको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधनको क्रममा उक्त संज्ञा दिनु भएको हो । अध्यक्ष गच्छेदारले हिजोसम्म थारु र मधेसको मसिहा भनेर चिनाउने लक्ष्मण थारु र उपेन्द्र यादब दुबैले मधेसी र थरुहट जनतालाई गुमराह गर्दै अपवित्र सा“ठगा“ठ गरेको आरोप लगाउनु भयो । थारुले स्वायत्त थरुहट प्रदेश र यादबले समग्र मधेस एक प्रदेशको एजेण्डा धेरै पहिले नै छाडिसकेको र उनीहरुलाई अहिले बिदेशीले उचालेको आरोप समेत लगाउनु भयो ।
एकीकृत नेकपा माओबादी र मधेसी जनअधिकार फोरमले उठाएको भाषा विवादलाई फोरम लोकतान्त्रिक सहभागि सरकारले संविधानमै सातौं संसोधन गरेर सबैको मातृभाषामा सपथ लिन पाउने भन्ने बिषयलाई पारित गराएको दावी गर्नुभयो । अब सबैले आफनो मातृभाषामा सपथ लिन पाउनेछन, गच्छेदारको दावी थियो ।
सम्बोधनकै क्रममा एक छिन रुकेर आफनो घाटीको शल्यक्रिया गरेकोले चिकित्सकले केही सयमसम्म भ्वाइस रेष्टमा बस्नु भनेर सल्लाह दिए पनि आफु पर्सामा आएको बेला नबोली बस्नै नसक्ने भएकोले आज म जम्मा १० मिनेट मात्रै बुदागत हिसावमा बोल्ने बताउदै उपप्रधानमन्त्री गच्छेदारले आफुले उपेन्द्र यादबलाई साथ दिएर केवल मधेसको मात्रै नभई सिगो देशकै नेता बनाउन खोजेका थियौ । तर उपेन्दजीले भने आफना ७ जना अन्धभक्तको पार्टी बनाउन खाजेको कारण हामी लोकतान्त्रिक बिचारधारा बोकेको साथीहरु अलग भएर फोरम लोकतान्त्रिक पार्टी बनाएको दावी गर्नु भयो ।
फोरम नेपालले बिजय कुमार गच्छेदार र शरतसिंह भण्डारीलाई गुमाएको होईन भन्दै बरु पार्टीले हामी दुबैको रुपमा पार्टीको नागमणी गुमाएको दावी गर्दै अब त्यो नागमणी गाउ र शहरमा खोजेर पाउने छैन किनभने बिजयकुमार गच्छेदार र शरतसिंह भण्डारी त अब जनताको माझमा पुगिसकेको दावी गर्नुभयो ।
आफु ९ महिनासम्म सरकारमा बस्दा मधेसलाई मात्रै होईन देशलाई नै बिर्सेर ६ महिनासम्म विदेश र आकाशमा उडिरहने मधेसी मसिहा उपेन्द्रजी सरकारबाट वाहिरिएपछि मात्रै मधेसमा पर्सा र त्यहाका गाउको सम्झना आएको आरोप लगाउनु भयो । सरकारमा बसुञ्जेलसम्म देशलाई नै बिर्सने अनि सरकारबाट वाहिरिएपछि मधेसको याद आउने नेताले मधेसको हक र अधिकार दिन नसक्ने गच्छेदारको दावी थियो ।
पार्टीका बरिष्ठ नेता तथा पयर्टन मन्त्री शरत सिंह भण्डारीले अबको वर्तमान नेपालको जनतालाई कसैले पनि बेवकुफ नसम्झे हुन्छ । जनआन्दोलन र मधेस आन्दोलन पछिको वर्तमान अवस्थामा अहिले जनता अगाडी छन भने नेता जनताको पछाडी रहेको मन्त्री भण्डारीको दावी थियो । फोरम लोकतान्त्रिक सच्चा समावेशि पार्टी भएको दावी गर्दै, यो पार्टीले तर्राईदेखि हिमालसम्म रहेको विभेदलाई समाप्त पार्ने दावी गर्नुभयो ।
कार्यकर्ता भेलामा आज अन्य पार्टीबाट लोकतान्त्रिक फोरममा प्रवेश गर्ने नवप्रवेशीहरुलाई अध्यक्ष गच्छेदारले अभिर लगाई प्रवेश गराउनु भएको थियो । त्यसैगरी मधेस आन्दोलनको क्रममा शहिद भएका परिवारलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
जिल्ला अध्यक्ष्ँ किशोरी प्रसाद यादबको कार्यकर्ता भेलामा कृषि मन्त्री मृगेन्द्र सिंह यादब, कृषि राज्यमन्त्री करिमा वेगम, भौतिक योजना तथा निर्माण साहायक मन्त्री कलावती देवी, सभासद दुर्गा देवी, वीरेन्द्र लाल नेपाली, बीरेन्द्र यादब लगायतकाले आफनो धारणा राख्नु भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: