दुर्घटनामा बाबुछोराको मृत्यु

केशव कुमार दास -बिराटनगर माघ १७ – शनिबार मोरङको बेलबारीमा भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । प्रहरीका अनुसार ना ३ ख ७८५ नम्बरको बसले सोही दिसातर्फगइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा विपरीत दिशाबाट आएको को ४ प ४४१० नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक ज्ञानेन्द्रराज भण्डारीको घटनास्थलमै मृत्यु भएको छ भने उनीसँगै रहेका उनका छोरा अनमोल भण्डारीको पनि उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बेलबारी-४ की साइकल चालक बीना तामाङ गम्भीर घाइते भएकी छन् भने खोर्सर्ाामा डेरा गरी बस्ने नाम खुल्न नसकेका अर्का साइकल चालक सामान्य घाइते भएका छन् । दुर्घटनामा पाँच घाइते झापा र मोरङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा पाँचजना घाइते भएका छन् । झापा बुधबारे-७ स्थित मेची राजमार्गमा राति ८ बजे इलामतर्फजाँदै गरेको को १ ज ७२५ नम्बरको पिकअप भ्यानलाई विपरीत दिशाबाट आएको मे १ ख ६३२ नम्बरको ट्रकले ठक्कर दिँदा तीनजना गम्भीर घाइते भएका छन् । पिकअप भ्यानमा रहेका चालक इलाम नाम्सालिङ-४ का भोजराज घिमिरे, सँगै रहेका मोहन घिमिरे र प्रमोद पौडेल घाइते भएका छन् ।

घाइते तीनैजनाको पाथिभरा अस्पताल चारआलीमा उपचार भइरहेको प्रहरीले बताएको छ । ट्रक छाडेर चालक भने फरार भएको प्रहरीले जनाएको छ । यस्तै मोरङ दादरबैरिया-६ स्थित हुलाकी मार्गमा शुक्रबार राति १० बजे पूर्वतर्फजाँदै गरेको को १ प ८६७३ नम्बरको मोटरसाइकल आफैं पल्टिँदा त्यसमा सवार दुइजना घाइते भएका छन् । घाइते मोरङ कटहरी-१ का पर्शुराम मण्डल र सरोज सिंहको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: