कोशी पिडितलाई जग्गा वितरण शुरु

केशव कुमार दास-  बिराटनगर माघ १८ – सुनसरीका कोसी पीडित सुकुम्वासीहरूलाई दुइ कट्ठाका दरले जग्गा दिन सुरू गरिएको छ । १ हजार ४ सय २२ परिवारमध्ये पहिलो चरणमा हरिपुर गाविसका २ सय २५ परिवारलाइ सोही ठाउँमा खरिद गरिएको जग्गा वितरण गरिएको दातृ संस्थाहरूले जनाएका छन् । सो स्थानमा घर बनाउने काम सुरू गरी जग्गा जिम्मा लगाउन थालिएको हो । सुकुम्वासीले पाउने जग्गामा विभिन्न दातृ निकायले पीडितकै लागि घर समेत बनाइदिने भएका छन् ।

सुकुम्वासीलाई बनाइदिने घरबारे जानकारी दिन आइतबार हरिपुरमा आयोजित कार्यक्रममा नमूना घरको समेत प्रदर्शनी गरिएको छ । नेपाल सरकारले कोसी पीडित सुकुम्वासीहरूलाई उपलब्ध गराएको जग्गामा यूएन हृयाविट्याट्सले बनाइदिएको सो घर सुरक्षित र जीवन उपयोगी भएको दावी गरिए पनि सुकुम्बासीहरूले बाँसको घर र बालुवामा जीवनयापन गर्न नसक्ने भन्दै आपत्ति जनाएका छन् । गतवर्ष कोसीले बहाव परिवर्तन गरी बस्तीमा पस्दा सुनसरीका हरिपुर, श्रीपुर र पश्चिम कुशाहाका १ हजार ४ सय २२ परिवार विस्थापित भएका थिए । नेपाल सरकारको मन्त्रिपरिषद्ले प्रति सुकुम्बासी परिवारलाई २ कट्ठा जग्गा र दाताको सहयोगमा घर निर्माण गर्ने निर्णय गरेको थियो ।

सोहीबमोजिम पहिलो चरणमा यूएन हृयाविट्याट्सको सहयोगमा हरिपुरमा घर निमार्ण् कार्य सुरू गरेको हो । कोसी प्रभावित क्षेत्रमै आफूहरूलाई बसाउन केही दलाल र स्थानीय प्रशासनको मिलोमतोमा जग्गा खरिद भएको भन्दै सुकुम्वासीहरूले विरोध गर्दै आएका छन । सो जग्गामा ट्रष्टको सहयोगमा ७१ हजारको लागतमा प्रति घर बनाउने कार्य भइरहे पनि बाँसबाट निर्माण भइरहेका घर सुरक्षित नभएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । यता ट्रष्टका इन्जिनियर ज्योति कार्कीले वातावरणीय अनुकुल र मौसम सुहाउँदो घर निर्माण गरिएको दावी गर्नुभएको छ । यसैबीच निर्माण भएको घरको नमूना एक कार्यक्रमबीच पदर्शन गरिएको र पदर्शनीमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले सरकारले कोसी पीडितहरूलाइ उपलब्ध गराएको जग्गामा क्रमशः घर निर्माण गरी वितरण गरिने जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: