• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

प्रसंग:फोरम कार्यालयमा आगजनी,जातीय सदभाव खलबलाउने खेल:युसंने

बिराटनगर माघ १८ – आफ्नो जिल्ला कार्यालयमा शनिबार बेलुका आगजनी भएको बिरोधमा आइतबार मधेसी जनअधिकार फोरम मधेसका कार्यकर्ताहरूले दिनभरि प्रदर्शन गरेका छन्। विराटनगर-१५ स्थित फोरम मधेसको कार्यालयमा युथफोर्सका कार्यकर्ताले आगजनी गरेको भन्दै फोरम मधेसका कार्यकर्ताले बजार बन्द गराउनुका साथै सडक अवरोध गरेर यातायात बन्द गराए । बिरोध कार्यक्रमपछि अपरान्ह बजार र यातायात सुचारू भएको थियो ।

पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नेलाई कडा कार्वाही हुनुपर्ने माग गर्दै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा धर्नासमेत दिएका थिए ।  फोरम मधेसको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा मुकेश बुढाथोकी र एलिश गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । यसैबीच मधेसी जनअधिकार फोरम नेपाल मोरङ जिल्ला कार्यसमितिले शनिबार मधेसी जनअधिकार फोरम मधेसको मोरङ जिल्ला पार्टी कार्यालयमा गरिएको आगजनी तथा कार्यकर्तामाथि भएको कुटपिटको निन्दा गरेको छ ।

फोरमका सचिव मृत्युञ्जयकुमार झाद्वारा आइतबार जारी विज्ञप्तिमा सो घटना एमाले मोरङको भ्रातृ संगठन युथफोर्सका कार्यकर्ताहरूले गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा अलोकतान्त्रिक एवं अराजनीतिक घटना भन्दै त्यस किसिमको गुन्डागर्दीको फोरम नेपाल मोरङ जिल्ला कार्यसमिति निन्दा गर्दै दोषीउपर कडा कार्वाही गर्न माग गरिएको छ ।यस्तै मधेसी जनअधिकार फोरम नेपाल -लोकतान्त्रिक) मोरङले पनि फोरम मधेसको कार्यालयमा भएको तोडफोड र आगजनीको भर्त्सना गरेको छ । आइतबारै प्रेस विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक मोरङका अध्यक्ष चुमनारायण तबदारले घटनाको स्वतन्त्र छानबिन गरी दोषीलाई कडा कार्वाही गर्न प्रशासनसँग माग गर्नुभएको छ ।

यसैगरी युवा संघ नेपालले युथफोर्सको नाम जोडेर फोरम मधेसले गरेको आन्दोलनप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फ जातीय सद्भाव खल्बलाउने वातावरण सिर्जना नगर्न आग्रह गरेको छ । युवासंघका विराटनगर अध्यक्ष रोहित कोइराला र इञ्चार्ज राकेश राउतले जारी गरेको विज्ञप्तिमा व्यक्तिगत विषयलाई लिएर भएको झगडामा युथफोर्सको संलग्नता रहेको आरोप लगाउँदै घटनालाई राजनीतिक रुप दिएको जनाइएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: