बीरगंज, माघ १९, नेपाली कागंरेसका बरिष्ठ नेता पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको बिकल्प नभएको भनेर जोड दिनु भएको छ ।mm
नेपाली कागंरेसका बरिष्ठ नेता पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको बिकल्प नभएको भनेर जोड दिनु भएको छ । नेपाल तामाङ्ग घेदुगं संघ बाराले बाराको पथलैयास्थित गुम्वाचौरमा आयोजना गरेको (ताक ल्होसार २८६४ को उपलक्ष्य तामाङ्ग घेदुगं संघको ५४ औं स्थापना दिवस तथा सम्मान तथा विविध सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बरिष्ठ नेता देउवाले जोड दिनुभएको हो । नया संविधान निर्माण गर्नु पर्ने बेलामा कति खाली सरकार मात्रै फेरिरहने, बरु वर्तमान सरकारलाई नै निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका नेता देउवाले बरु वर्तमान सरकारमै ए। माओबादीलाई पनि आउन आग्रह समेत गर्नु भएको थियो । राजनीतिक समस्या र मतभेदको सामाधान गर्नको लागि गठन भएको उच्चस्तरिय राजनीतिक संयन्त्रमा केवल मधेसी दललाई मात्रै नभई २५ वटै दललाई सहभागि गराउनु पर्नेमा समेत देउवाले जोड दिनु भयो ।
बर्ष २००९ नेपाल सुन्दरी जिनिसा मोक्तान, २००९ नेपाल सुन्दरी प्रतियोगिताकी सेकेण्ड रनरअप कुन्छाङ्ग मोक्तान र तामाङ्ग सुन्दरी उपाली लामालाई नेपाल तामाङ्ग घेदुङ्ग संघ बाराले तामाङ्ग जातीको सुन्दरीहरुले तामाङ्ग जातिकै नाम उच्च पारेको भन्दै, बिजेता सुन्दरीहरुलाई सम्मान गर्नको लागि यस कार्यक्रमको आयोजना गरिएको थियो ।
ू सारा तामाङ्गको एउटै चाहना, तामसालिङ्ग स्वायत गणराज्य स्थापना ू को नारा सहित संचालन भएको सम्मान कार्यक्रममा स्वास्थ्य मन्त्री उमाकान्त चौधरी, सभासद शोभाकर पराजुली, रमेश रिजाल, अजय चौरसिया, माओबादी सभासद जयराम दाहाल, कुमारी मोक्तान, नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक नवराज ढकाल, सशस्त्र प्रहरी नायव महानिरिक्षक कृष्ण कुमार तामाङ्ग, बाराका प्रजिअ तारानाथ गौतम लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाल सुन्दरीलाई सम्मान गर्नको लागि सम्मान पत्र पढदै गर्दा कार्यक्रमको लागि तयार पारेको मञ्च खसेपछि केहीवेर कार्यक्रम स्थगित भएको थियो । मञ्च भत्केर भुइमा बज्जारिन पुगेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्री उमाकान्त चौधरीलाई कार्यक्रम स्वयमसेवकले समातेर उठाएका थिए । आयोजकले पूनः भत्किएको मञ्चको छेउमै कार्यक्रम सम्पन्न गरेका थिए । सम्मानित हुने तामाङ्ग सुन्दरीहरु भने मञ्च भत्केको सम्झेर केही तर्सिएका थिए । तामाङ्ग कलाकारहरुले सम्मान कार्यक्रममा तामाङ्ग भाषाको नृत्य र गितहरु प्रस्तुत गरेका थिए ।
मञ्चमा आसन ग्रहण गर्ने क्रममा मञ्चको क्षमताभन्दा दुगुन्ना अतिथिहरुलाई आसन ग्रहण गरेकै कारण मञ्च खसेको दर्शकहरुको दावी थियो ।
Filed under: तराई नेपाल |
हा,,हा,,हा,,, कति मजबुत पार्टी छ, आज थाह भई सकियो , हा,,हा, हा,,,
हो बिनय जी, तपाईले बिल्कुल ठिक कुरो गर्नु भएको छ, तपाई को भनाई संगै म पनि सहमत छु ,
Kumar BC
Birgunj,Nepal
Hal : UAE
kasto ramro kura
ooohoo yeti ramri sundari harulai kasto bejat gareko chha neta harule, yesto nagarnu parne ali staze ramro sanga balio banaunu parne,….