• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मुद्दाविरूद्ध युथफोर्स जुलुसमा

केशव कुमार दास
बिराटनगर माघ १९ – मधेसी जनअधिकार फोरम मधेसको विराटनगरस्थित जिल्ला कार्यालयमा आगजनी गरेको आरोपमा युथफोर्स मोरङका इन्चार्ज पर्शुराम बस्नेतविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअर्न्तर्गत मुद्दा दर्ता गरिएपछि युथफोर्सले सोमबार विराटनगरमा जुलुस प्रदर्शन गरेको छ । फोरम मधेस मोरङको कार्यालयमा दुइ दिनअघि भएको आगजनीको घटनामा बस्नेतको संलग्नता रहेको किटानी जाहेरी प्रहरीले आइतबार दर्ता गरेपछि आक्रोशित बनेका फोर्सका कार्यकर्ताले एमाले पार्टी कार्यालयबाट जुलुस निकालेका थिए ।

घटनामा बस्नतेलको संलग्नता रहे नरहेको अनुसन्धान भइरहेको मोरङका प्रहरी नायव उपरीक्षक रेवती ढकालले बताउनुभयो । फोरम मधेसको कार्यालयमा आगजनी गरेको आशंकामा पक्राउ परेका मुकेश बुढाथोकी र एलिश गुरुङलाई पनि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ । मुद्दा चलाएपछि आक्रोशित बनेका युथफोर्सले मुद्दा खारेजीको माग गर्दै युवा संघका कार्यकर्ताहरूले सोमबार जिल्ला प्रहरी कार्यालय मोरङ घेराउ पनि गरेका थिए । उनीहरूले प्रहरी कार्यालय अगाडि कोणसभा गरी आफ्ना कार्यकर्तालाई कुटपिट भएको भन्दै प्रहरीमा निवेदनसमेत दर्ता गराएका छन् ।

कोणसभामा रविन थापा, पर्शु बस्नेत, वसिम आलमलगायतले बोलेका थिए । यसैबीच मधेसवादी विभिन्न सातवटा राजनीतिक संगठनहरूले मधेसका मुद्दालाई उठान गर्न संयुक्त रुपमा आन्दोलन गर्ने निर्णय गरेका छन् । विराटनगरमा भएको ती संगठनहरूको बैठकले मधेसलाई अधिकार सम्पन्न बनाउन र विराटनगरमा भइरहेका गुण्दागर्डर्ीीरुद्ध एक भएर आन्दोलन गर्ने निर्णय भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले जनाएका हुन् । केही दिनअघि मधेसी जनअधिकार फोरम मधेसको कार्यालयमा भएको तोडफोडमा संलग्नलाई कार्वाही नगरे सशक्तरुपमा आन्दोलन चर्काउने चेतावनी पनि ती संगठनहरूले दिएका छन् ।

सत्ताधारी दलका गृहमन्त्री र नेताहरूको संरक्षणमा उनीहरूलाई कार्वाही नगरी संरक्षण गर्न खोजेको आरोप ती संगठनहरूले लगाएका छन् । तराइ मधेस लोकतान्त्रिक पार्टीले सोमबार छुट्टै विज्ञप्ति जारी गरी मधेसी जनअधिकार फोरम मोरङको पार्टी कार्यालयमा भएको तोडफोड घटनाको छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गरेको छ । मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार मधेस, मधेस मुक्ति टार्इगर्स, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता दल, तराइ मधेस लोकतान्त्रिक पार्टीका प्रतिनिधिहरूको बैठकले संयुक्त मधेसी मोर्चा गठन गरी संयुक्तरूपमा आन्दोलन चर्काउने निर्णय गरिएको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिका अनुसार समग्र मधेस एक प्रदेश हुनुपर्ने, मधेस आन्दोलनका बेलामा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरी तीनका परिवारलाई १० लाख राहत दिनुपर्ने, घाइतेहरूको उपचार र क्षतिपूर्ति उपलब्ध गराउनपनि मोर्चाले सरकारको ध्यानाकर्षा गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै मधेसी जनअधिकरा फोरम मोरङका अध्यक्ष उमेश यादवले फोरमको कार्यालयमा तोडफोड तथा आगजनी गर्ने व्यक्तिहरुलाई कार्वाही नगरी राजनीतिक संरक्षण गरेको भन्दै तत्काल कार्वाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले सत्ताधारी दलका गृहमन्त्रीको संरक्षणमा उनीहरुलाई बचाउन खोजिएको भन्दै कार्वाही नगरे मधेसवादी दलहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । सो अवसरमा फोरम नेपालका मोरङ सचिव मृत्युञ्जय झाले मधेसवादी दलहरुसँग भएको सम्झौता सरकारले कार्यान्वयन नगरेको भन्दै अबको मधेस आन्दोलनको घोषणा मोरङबाटै सुरु हुने बताउनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: