बिराटनगरमा बिरोध जुलुस प्रदर्शन

केशव कुमार दास -बिराटनगर माघ २१ – स्वायत्त मधेस एक प्रदेश लगायतका माग राखी सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै आन्दोलनरत मधेसी जनअधिकार फोरमले बुधबार विराटनगर र इनरुवामा विरोध जुलुस प्रदर्शन गरेको छ । विराटनगरमा जुलुसपछि महाबीर चोकमा भएको कोणसभालाई फोरमका जिल्ला अध्यक्ष उमेश यादव, सचिव मृत्युञ्ज्य झालगायतले सम्बोधन गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनु भएको थियो ।

यस्तै इनरुवा सम्वाददाताका अनुसार त्यहाँ भएको जुलुस पार्टी कार्यालयबाट निस्केर बसपार्क चोकमा पुगी कोणसभामा परिणत भएको थियो । त्यहाँ राजमार्ग अवरुद्ध गरी भएको कोण सभामा सरकारले सम्झौता कार्यान्वयन गर्न आनाकानी नमिल्ने भनाइ वक्ताहरुले राखेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: