• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

राजविराज विमानस्थल चाडै संचालन हुने :मन्त्रि भण्डारी

राधेश्याम राम
सिरहा माघ २१-  पटक पटक बन्द हुदै पूनः संचालनमा आउने नियति भोग्दै गरेको राजबिराज विमान स्थल अब चाडै संचालनमा आउने भएको छ । विहिवार राजबिराज बिमान स्थल निरिक्षण गर्न आउनु भएका नागरिक उड्डयन तथा पर्यटन मन्त्री शरदिसंह भण्डारीले सो कुरा बताउनु भएको छ । बिमान स्थल संचालन सँग सँगै निमार्ण कार्य पनि अगाडी बढाउने प्रतिबद्धता मन्त्री भण्डारीले व्यक्त गर्नु भयो ।

संचारकर्मीहरुको एक जिज्ञासामा मन्त्री भण्डारीले समय नतोकौ चाडो भन्दा चाडौ विमान संचालन हुन्छ । वहाँले राजविराज बिमान स्थल संचालनका लागि चाहिने बजेट आफूले उपलब्ध गराउने र काम सप्तरीबासीले गराउनु पर्ने बताउनु भयो । धावन मार्ग कच्ची तथा बिमान सेवा जोखिम हुने कारणले पछिल्लो पटक गत ०५९ साल पौष १ गते देखि यहाबाट बिमान सेवा बन्द गरीएको थियो । पटक पटक बन्द हुने गरेकाले उडानको अनिश्चितताका कारण बिमान सेवा भरपर्दो नभई यात्रुहरुको बिजोग हुने गरेको थियो।

नियमित सेवा उडान गर्न सके सप्तरीका साथै सिरहा, उदयपुर,सुनसरी तथा सिमावर्ती भारत सम्मका यात्रुहरुले राजबिराजबाटै बिमान सेवा प्रयोग गर्ने छन् । धावनमार्ग पिचिगका लागि जिल्ला विकास समिति सप्तरीबाट २ करोड रुपौयाँको बजेट छुटयाएको छ भने नागरिक उड्यान प्राधिकरणले टेण्डर मार्फत काम गराउने स्थानीय विकाश अधिकारी विश्वराज डोटेलले जानकारी गराउनु भयो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: