• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

चार अपहरणकारी पक्राउ

केशव कुमार दास

बिराटनगर माघ २२, विराटनगरबाट चारदिनअघि अपहरणमा परेका एक युवकलाई प्रहरीले बिहीबार सकुशल मुक्त गरेको छ । अपहरणमा संलग्न चार युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । सप्तरीको बैरवा-४ घर भई विरँट व्यवस्थापन क्याम्पसमा बीबीएस प्रथम वर्षमा पढ्ने २० वर्षका अनुज भगत -अरबिन्द)लाई गत सोमबार चार जनाको समूहले साल्ट ट्रेदिंग कर्पोरेसन नजिकैबाट अपहरण गरेको थियो । उनलाई आँखा अस्पताल अगाडिको विराट लक्ष्मी लजबाट प्रहरीले बिहीबार अपरान्ह मुक्त गरेको हो । अपहरणमा संलग्न विराटनगर- ११ का २१ वर्षीय श्याम यादव, विराटनगर- १६ का २४ वर्षीय शशीमोहन झा छन् ।

त्यस्तै सप्तरी बैरवा- ८ घर भई विराटनगर- १४ डेरा गरी बस्ने २५ वर्षीय महेश चौरसिया र सोही ठाउँ घर भई विराटनगर-१३ बस्ने १९ वर्षीय दीपचन्द्र पञ्जियार छन् । उनीहरू सबैलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । उनीहरूले भगतलाई सोमबार साँझ उनको कोठा नजिकैबाट अपहरण गरी कालोपट्टी बाँधेर उनीहरूको कोठा र पछि लजमा राखेका थिए ।प्रहरीका अनुसार पहिलो दिन उनीहरूले विराटनगरको जतुवास्थित दीपचन्द्र पञ्जियारको कोठामा लगेर राखेका थिए । मंगलबारदेखि उनीहरूले विराटनगर आँखा अस्पताल अगाडिको विराट लक्ष्मी लजमा राखेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार अपरान्ह भगतलाई सोही लजको  कोठा नम्बर ५ बाट अपहरणुक्त गरेको हो ।

अपहरणकारीले प्रयोग गरेको टेलिफोन रेकर्डका  आधारमा उनीहरूलाई पक्राउ गर्न सकिएको मोरङका प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिनुभयो । अपहरणकारीको साथबाट एकथान कटुवा पेस्तोल पनि बरामद भएको प्रहरीले जनाएको छ । घरमै बसिरहेका भगतलाई टेलिफोन गरी दाजुको साथी हो भनेर बाहिर बोलाएपछि उनलाई अपहरण गरिएको थियो । अपहरणमा भगतकै छिमेकी सप्तरी बैरवा घर भएका महेश चौरसिया र दीपचन्द्र पञ्जियारको प्रमुख संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अपहरणकारीहरुले ८ लाख रूपैयाँ नदिए ज्यान मार्ने धम्कीसमेत दिएको अपहरण मुक्त भएका अनुजले सञ्चारकर्मीलाई बताए । सुरुमा ८ लाख रूपैयाँ माग गरिएकोमा पछि ५ लाख दिए छोड्नेसम्मको आग्रह अपहरणकारीले अनुजका आफन्तलाई गर्दै आएको प्रहरीले जनाएको छ । अपहरणमा संलग्नहरूबारे अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरू कुनै सशस्त्र समूहमा आबद्ध नरहेको पाइएपनि थप अनुसन्धानपछि मात्र सबै कुरा खुल्ने प्रहरीको भनाइ छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: