सभासद्ले विधवालाई सडकमै लतारे

नेपालगन्ज, माघ २२, आफूविरुद्ध उजुरी दिएको झोकमा सभासद् बदशाह कुर्मीले असहाय विधवा निर्मला कुर्मीलाई सार्वजनिक स्थानमै लछारपछार र कुटपिट गरेका छन् । स्थानीय मानवअधिकारकर्मीहरू पनि सो दृश्यका प्रत्यक्षदर्शी थिए, जसले टुलुटुलु हेर्नबाहेक केही गर्न सकेनन् ।mm
नेपालगन्ज आएका सभासद् कुर्मी न्याय पाउने आसमा जिल्ला प्रशासन कार्यालय धाइरहेकी निर्मलालाई खोज्न चार(पाँचजनाको समूह नै लिएर हिँडेका थिए । साँझ ४ बजे भृकुटीनगरको प्रभात बोर्डिङ स्कुलनजिकै उनलाई देखेपछि कुर्मीले सिकार भेटेझैँ झम्टे । उनले निर्मलामाथि जाइलाग्दै कुटपिट मात्र गरेनन्, अपहरण शैलीमा घिच्याएर आफ्नै घर पुर्‍याए । प्रहरी गएर निर्मलाको उद्धार त गर्‍यो, तर सभासद्लाई छुने आँट गरेन ।
निर्मलाको घर, लालपुर्जा र नागरिकता तीन महिनादेखि सभासद् कुर्मीले कब्जामा लिँदै आएका छन् । सो समाचार नयाँ पत्रिकाले प्रकाशित गरेपछि राष्ट्रिय मानव अधिकार आयोग, क्षेत्रीय कार्यालय, नेपालगन्जले जानकारीका लागि उनलाई बोलाएको थियो । आयोगका अधिकृत मोहन जोसीले सभासद् कुर्मीलाई बयानका लागि बोलाइएको पुष्टि गरे ।
तर, कुर्मीले घटनाबारे आयोगलाई जानकारी दिनुको साटो निर्मलामाथि सार्वजनिक स्थलमै रिस पोखेका हुन् । निर्मलासँगै रहेका स्थानीयवासी रामजनअली मुकेरीले घटनाबारे अधिकारवादीलाई सूचना दिएका थिए । लगत्तै नेपालगन्जका केही अधिकारवादी घटनास्थल पुगेका थिए ।
प्रत्यक्षदर्शी मुकेरीले सभासद्को नेतृत्वमा आएको चाररपाँचजनाको समूहले निर्मलालाई लछारपछार र कुटपिट गरेको बताए । ‘भृकुटीनगरबाट खेतमा घिसार्दै लगे,’ उनले भने ।
अधिकारवादीको दबाबपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुधीर शाहीलाई सभासद् कुर्मीका घरमा पठाएका थिए । अधिकारवादीहरू सभासद्को घर परसपुर पुगिसकेपछि मात्र प्रहरी पुगेको थियो । बेलुकी करिब साढे ६ बजे निर्मलालाई उद्धार गरी नेपालगन्ज ल्याइएको जानकारी बैदवारले दिएका छन् ।
प्रहरीले यस घटनालाई सामान्य भनेको छ । सभासद् र निर्मलाबीच पारिवारिक विवाद भएको भन्दै यसलाई मुद्दा नबनाउन प्रहरीले सञ्चारकर्मीलाई आग्रह गरेको थियो ।
सभासद्ले निर्मलालाई लछारपछार गरेको प्रत्यक्ष देख्ने राष्ट्रिय महिला अधिकार मञ्चकी महासचिव रुबी खान र मुस्लिम समाज विकास चेतना केन्द्रका मोहम्मद शेर बागवानले प्रहरीले सभासद् कुर्मीलाई बचाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । शेर बागवानले एक महिनाअघि निर्मलाले आफ्नो कार्यालयमा उजुरी दिएको बताउँदै प्रहरी र प्रशासनले न्यायका लागि कुनै पहल नगरेको आरोप लगाए । ‘सभासद्लाई प्रहरीले बचाउने प्रयास गरिरहेको छ,’ उनले भने ।
निर्मलाको लालपुर्जा र नागरिकता खोसेर लिएका सभासद्ले उनको घरसमेत मान्छे लगाएर नियन्त्रणमा लिएका थिए । निर्मलाले त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय, बाँकेमा उजुरी दिएकी थिइन् । आफ्ना श्रीमान् र दुई छोराको मृत्युपछि सभासद्ले दुःख दिन थालेको निर्मलाले बताएकी छिन् । श्रीमान् र छोराहरूका नाममा रहेको पाँच बिघा जग्गा सभासद् कुर्मीले हात पार्न खाजेको उनको आरोप छ । निर्मलाको घरमा सभासद्ले राखेका मानिसले उनलाई घरबाटै निकालेका थिए ।
यही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय, बाँकेले स्थानीय सन्तोष कुर्मी, अमरलाल कुर्मी र भारतीय नागरिक मुनिम कुर्मीलाई प्रशासनमा झिकाएको थियो ।

– नयाँपत्रिका बाट

11 Responses

  1. SABHA SAD KURMI TIMI AJ EK BEBAS NARI LAI DUKH DIYO SABAI LE HERYO BHOLI TIMRO AAMA TIMRO BAHINI TIMRO BUHARI LAI ARKO LE YASTAI LAKHETDAI GHISARDAI DUKH DINCHHA TIYO DIN TIMI LAI THAHA HUNCHHA KI KAHIN MA SAYAD YASTO DUKH KASAILAI DIYE KO THIYE KI TAYASAI LE AAJ MERO SATH MA YASTO BHAYE KO CHHA SALE KURMI HARAMI TERO BUHARI TERO CHHORI YAHAN LIYERA AAU UNI HARU LAI MA HERCHHU SALE PAPI

  2. MA PANI SAHMAT CHHU ASAN KO BHANAI MA SALE KURMI

  3. MA PANI SAHMAT CHHU ASAN KO BHANAI MA SALE KURMI OK

  4. तपाईहरु ले किन गाली गलौज गर्नु हुन् छ, तेस्त सभासद लाई मेरो विचार मा फाशी दिनुपर छ, अनी सुध्रन छ, नेपालको सभासदहरु

  5. सभास्द भएर राम्रो काम गर्नु भएन है त !!!!!!

  6. sabha sad ko bahini aama buhari chori lai pani testai rabaiya garnu par chha, ani sudharin chha, asahak bidhwa lai testo na garnu parne

  7. sale kukkur lai fasi dinu parchha …..manab adhikar karmi haru lai thik parnu parchha kina bhane uni haru pani dosi chhan yasto sabha sad lai ta mukh ma kalo potera purai sahar ma parikrma garera beijat garnu parchha ani thaha hunchh teyo sabha sad lai ki mahila mathi atyyachar garne lai ke hunchha sayad mahila ko pani galti huna sakchha tyas ko lagi kanun chha kanun ko karyalai ma gayer karwahi garnu uchit hunthiyo

  8. आफ्नो सरकारको पालामा विकास निर्माणका निम्ती थुपारेर राखेको पैसामा अहिलेका सरकारका मन्त्रीहरुले ब्रम्हलुट पारेको आरोपसमेत उनले लगाए । प्राकृतिक श्रोत साधन प्रशस्त रहेको, मेहनति जनता र गौरवशाली ईतिहास भएर पनि विदेशीलाई गुहार्ने र टाँग मुनि छिर्ने प्रवृतिका कारण नेपाली जनता गरीव हुनुपरेको दावी उनले गरे ।

  9. यति वेला नेपाल ईतिहासकै संगीन मोडमा रहेको र ठूलो दुर्घटनाको खतरा पनि भएका उनले बताए ।

    ‘हामी छिमेकी मुलुकसंग लडाई गर्ने पक्षमा छैनौं तर नेपाली भुमि मिचिएको सहेर बस्न पनि सक्दैनौं’ उनले भने । परिवर्तनको गतिलाई रोक्ने षडयन्त्र भैरहेको दावी गर्दै उनले माओवादीलाई निशस्त्र बनाएर एक छत्र शासन चलाउने षडयन्त्र पनि भैरहेको दावी गरे ।

  10. sabha sadh you …………….Himat chha bhane purus sang hath mila, ke euta abla ra kamjor mahila mathi hath uthako u baster. ma sarkar sang anurodha garchhu yaslai fasi ko sajay hossssssssssssss……….

  11. sale kutta kukur sabha sad mogyahba kukur sabha sad himmat chchau ta des ke nimti kakaro latari tora malum chchau ki mahila ek devi ke rup hoichchai ehe jagah par tohar mai bahin rahtau t to ki karti ehan mogyahba sabha sad ke ham katar se rajinama magaichchiyou nai ta chillu bhar pani me dub ke mair ju jo re magyahba sabha sad
    ai bisay ke lak ham katar se sambandhit nakay sa nispakchcha niyay ke lel apil karai chchi jay madhes

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: