एमाले पोलिटब्युरो बैठक सम्पन्न वामदेव गौतमद्वारा फरक मत दर्ता

राधेश्याम लहान माघ २३-  नेकपा एमालेको तेस्रो पोलिटब्युरो बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको बैठकमा उपाध्यक्ष वामदेव गौतमले समसामयिक राजनीतिक विषयमा फरक मत दर्ता गर्नुभएको छ । संविधानसभाको मुख्य दल एकीकृत नेकपा माओवादीलाई सत्ता बाहिर राखेर नयाँ संविधान बन्न सम्भव नहुनेमा वामदेव गौतमले जोड दिनुभएको छ । राजनीतिक गतिरोध अन्तयका लागि मुख्य दलहरु मिलेर जानुको विकल्प नभएको नेता गौतमको तर्क छ ।

एमाले बैठकमा आज संविधानसभामा प्रस्तुत गरिएको शासकीय संरचना र राज्य पुनःसंरचनाको खाकाबारे छलफल भएको छ । एमालेले यो विषयमा पार्टीको आधिकारिक धारणा बनाउन नेता भरतमोहन अधिकारीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई फागुन ५ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा धारणा पेश गर्न भनिएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: