• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अबैध चोरी निकासी रोकिएन, सबै निकासी भारततिर काठ तस्करी र चोरीमा प्रहरी प्रशासन मौन

राधेश्याम  -सप्तरी माघ २३ – उदयपुर जिल्लाको पुर्वि भेगको ढोक्सीला बसाहा र कोशी टप्पु क्षेत्रबाट अवैध रुपमा भारत तिर निकास भई रहेको ढुङ्गा निकासी हुने कार्य अझै पनि रोकीएको छैन ।स्थानिय खहरे खोला तथा चुरे खोलाका ढुङ्गाहरु ट्याक्टरबाट निकासी गरि सप्तकोशी सम्म पुर् याउने र सप्तकोशीबाट डुंगा र पटेलामा भारत तिर निकासी भई रहेको छ । केहि लामो समय देखि तपेश्वरी र कोशी क्षेत्रको बलुवा गिटी निकासा स्थानिय जनताको विरोधको कारण आमसिक रुपमा रोकिएको छ भने चुरे क्षेत्रबाट निकासी गरिने ढुङ्गाहरु पनि आमसिक रुपमा रोकिएको छ ।

यता ठो_िक्सला तथा रामपुर क्षेत्रको जंगलबाट भने रातारात अवैध रुपमा ढुङ्गा सप्तकोशीको जलमार्ग हुंदै भारत तिर निकासी भईरहेको छ । यसतर्फ अहिले सम्म स्थानिय निकाय तथा जनताहरुको ध्यान जान सकेको देखिन्दैन । प्रत्येक दिन खुलेआम २० देखि ३० वटा डुंगा सम्म भरेर अवैध रुपमा त्यस क्षेत्रको ढुङ्गालाई भिमनगर पुल सम्म झारिने गरीएको छ । त्यस पछि भारतबाट आएका डुंगाहरुले भिमनगर देखि पानि माथीनै अर्को डुंगामा लोड गरेर सिधै भारत लाने गरेको छ ।

करिब नेपालका ३० वटा सम्म डुंगा यस्ता ढुङ्गा ढुवानी गर्ने काममा संलग्न भएको पाईएको छ । सप्तकोशीको भिमनगर पुलदेखि ३० वटा सम्म भारतको डुंगाहरु आएर ढुङ्गा जलमार्ग हुंदै भारत तिर लादा पनि भिमनगर र भारदहमा बसेका नेपालका प्रहरी प्रशासन भने मौन देखिएको छ । चुरे क्षेत्रदेखि उदयपुरका पुर्वि भेगका काठ खयर र गिटि बालुवा ढुंगा जस्ता प्राकृतिक श्रोतहरु लामो समय देखि भारत तिर निकासी हुँदा स्थानिय तहमा वातावरण असन्तुलन र पर्यावरण खलबलिने काम शुरु हुन थालेको छ ।

केहि समय देखि स्थानिय वासिन्दा र तराईका केहि राजनैतिक दलका व्यक्तिहरुले विरोध गरे पछि नेपालको स्थल मार्ग हुँदै भारत तिर निकासी गरिने स्थानिय साधन र श्रोत निकासीमा आमसिक रुपमा कमि देखिएता पनी अहिले ढुङ्गा तस्करीहरुले स्थल मार्ग छोडेर जलमार्ग प्रयोग गरि ढुङ्गा निकासी तस्करी गर्ने काम गर्दै आएका छन् । स्थलमार्गबाट निकासी हुँदा स्थानिय जनताले पनि अवरोध गर्ने हुनाले ढुङ्गा गिटि बालुका तस्करीमा कमि आए पनी जलमार्ग प्रयोग हुन थाले पछि फेरी ढुङ्गा तस्करीमा वृद्धि आएको हो ।

दिउँसो खुल्ला रुपमा नै सप्तकोशी माथी डुंगाहरुले ढुङ्गा तस्करी गरिरहदाँ पनि स्थानिय जनता र सम्बन्धित प्रशासनको मौनता बढे पछि अझ ढुङ्गा तस्करीमा वृद्धि हुने देखिन्छ । रामपुर ठो_िक्सला क्षेत्रका जंगलहरु अहिले अवैध रुपमा ढुङ्गा निकाल्नाले जरजर बनेका छन् भने भु-क्षय पनि वृद्धि हुँदे गईरहेको छ अब स्थानिय मार्गबाट अबैध स्थानिय श्रोत निकासीमा प्रतिबन्द लगाए जस्तै जलमार्गबाट हुने अबैध ढुङ्गा निकासीमा पनि प्रतिबन्द्ध लगाउनु पर्ने तपेश्वरी -९ का राज बहादुर खड्का बताउनु हुन्छ ।

खड्का भन्छन आँखाले देखि-देखि खुलेआम ढुङ्गा सप्तकोशिको पानिबाट डुंगाले ओसार पसार गरिरहेको छ तर हामीले यसलाई नियन्त्रण गर्न सकेका छैनौ भन्ने खड्काको भनाई रहेको छ । सप्तरी भिमनगरका स्थानिय रमन मण्डल भन्छन हाम्रै कोशीको बाटो हुँदै पहाडबाट झारिएका ढुङ्गाहरु भारत तिर लगेको हामी देख्छौ तर यँहा बसेका भारत र नेपालका प्रहरीहरु केहि पनि बोल्दैनन् यसरी अबैध रुपमा जलमार्ग प्रयोग गरि निकासी गरिने नेपालको अमुल्य प्राकृतिक श्रोतको रुपमा रहेको ढुङ्गा निकासीलाई समयमा नै स्थानिय प्रशासन र जनताले नियन्त्रण नगर्ने हो भने स्थलमार्गलाई मात्रै नियन्त्रण गरेर प्राकृतिक श्रोत र साधन निकासीको नियन्त्रण हुदैन जलमार्गबाट हुने अबैध निकासीलाई पनि तुरुन्त रोक्नु पर्ने रामपुर बासी जनकलाल तामाङ्ग र जुद्ध बहादुर कटुवाल बताउनु हुन्छ । वन समितिका केहि व्यक्तिहरु नै ढुङ्गा निकासीमा संलग्न भएकोले उनिहरुमाथी पनि कार्वाही हुनु पर्ने तामाङ्ग र कटुवालको भनाई रहेको छ ।

उदयपुरको त्रियुगा नगरक्षेत्रको आसपासमा हिजोआज बढ्दो रुपमा काठ तस्करी र कुखुरा चोरीमा प्रहरी प्रशासन मौन देखिएका छन् । केहि दिन देखि यता त्रियुगा नगरपालिकाको वडा नं। ३ को बगरटोलमा रातारात काठ चोरी हुने र कुखुरा चोरी हुने कार्य बृद्धि हुँदै गईरहेको छ । स्थानिय वासिन्दाहरुको घरमा राखिएका काठहरु रातारात तस्करहरुले चोरेर अन्यत्र बेच्ने गरेका छन् वन जंगलबाट पनि रातारात काठ तस्करहरुले काठ चोरी गरि बजार गाँउ तिर ल्याएर बेच्ने गरेका छन् ।

तर स्थानिय जनताले काठ तस्करीहरुलाई पक्रेर प्रहरीमा बुझाउदा पनि प्रहरीले भने कार्वाही नगरी चोरहरुलाई त्यतिकै छाडी दिने गरेका छन् । केहि दिन देखि काठ तस्करी बढे पछि लामो समय देखि काठ तस्करमा संलग्न भएका त्रिनपा ३ बगर टोलका लल्कु चौधरीलाई स्थानिय जनताले पक्रेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएका थिए तर राजनैतिक दलको दवाव र जिल्ला प्रहरी नायब उपरिक्षकको लापरवाहीले काठ तस्करीहरुलाई कार्वाही नगरी त्यतिकै छाडी दिएका छन् ।

अहिले काठ तस्करी र कुखुरा चोर्ने व्यक्तिहरु खुल्लम खुल्ला रातारात स्थानिय जनताको घरमा गएर चोरी गर्ने गरेका छन् । तर उनिहरुलाई कार्वाही कसैले गर्न सक्दैन । प्रहरी प्रशासनमा जनताले जाहेरी गर्दा पनि जिल्ला प्रहरी कार्यालयले वास्ता गरेको पाईन्दैन । उता केही राजनैतिक दलका व्यक्तिहरुले चोर तथा फटाहाहरुलाई संरक्षण दिन थालेकोले काठ तस्करी गर्ने व्यक्तीहरु कुखुरा तथा खसि चोर्ने व्यक्तिहरुको मनोवल बढ्दै गएको देखिन्छ । प्रहरीहरुकै अगाडी खुल्लम खुल्ला रुपमा यस्तो विगार र तस्करी हुँदा पनि प्रहरी प्रशासन भने मौन बसेको देखिन्छ ।

जनताले चोरलाई पक्रेर प्रहरीमा बुझाए पनि प्रहरीले कार्वाहीनै नगरी छाडी दिने गरेको छ । यसरी प्रहरी प्रशासन काठ तस्करी र कुखुरा तथा खसी चोरको संरक्षणमा लागेकोले स्थानिय जनता अहिले असुरक्षित हुन बाध्य भएका छन् । केहि दिन अघि काठ तस्करीमा पक्राउ परेका स्थानिय लल्कु चौधरीलाई उदयपुरका प्रहरी नायब उपरिक्षकले अनुसन्धान नै नगरी छाडी दिएका छन् । यसरी जनताको संरक्षण गर्न र शान्ति सुरक्षा कायम गर्न बसेका प्रहरी प्रशासन जनताको संरक्षण भन्दा स्थानिय चोर फटाहाको संरक्षणमा लागेको यहाँका जनताहरु असुरक्षित हुन बाध्य भएका हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: