दुवै देशका नागरिक द्वारा सदभाव कार्यक्रम

सदियौं  पुरानो मैत्री सम्बन्ध नखल्बलियोस् :सभासद् दुगड,नेपाल
नेपाल भारत बीच रोटि र बेटीको सम्बन्ध :पु.सांसद पासवान, भारत
केशव कुमार दास
बिराटनगर माघ २४ – नेपाल र भारत बीचको मैत्री सम्बन्धलाई सुदृढ बनाउँदै लैजाने उद्देश्यले शनिबार जोगबनी नाकामा सद्भाव कार्यक्रम गरिएको छ । सीमा क्षेत्रका दुवै मुलुकका नागरिकहरूको पहलमा सद्भाव कार्यक्रम आयोजना गरिएको हो । नेपालका माओवादीले आफ्नो राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै भारतीय नागरिकले सीमामा आन्दोलन चर्काउन थालेपछि त्यस्तो कार्यक्रम गरिएको हो । गत साता भारतीय नागरिकहरूले जोगबनी नाकामा माओवादी विरूद्ध नारावाजी गर्दै आन्दोलन गरेका थिए ।
सो आन्दोलनपछि दुवै देशबीचको सम्बन्ध ब्रि्रने चिन्ता व्यक्त भइरहेका बेला सीमा क्षेत्रमा सामाजिक सद्भाव बढाउन त्यस्तो कार्यक्रम आयोजना गरिएको नेपालतर्फा आयोजक मध्येका एक जना राजनीतिक कार्यकर्ता पिताम्बर दाहालले बताउनुभयो । नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा आयोजित कार्यक्रममा दुवै देशका झण्डा बोकेर एक आपसमा मैत्री सम्बन्ध प्रगाढ पार्दै लैजाने प्रतिबद्धता सहभागीहरूले गरेका थिए । दुबै मुलुकका नागरिकहरूले फूलमाला साटासाट पनि गरेका थिए ।
सभामा नेपालका तर्फाट सभासद मोती दुगड र भारतका पूर्व सांसद सुकदेव पासवान सहभागी हुनुहुन्थ्यो । सो सभालाई सम्बोधन गर्दै सभासद मोती दुगडले नेपाल र भारतबीचको सदियौं पुरानो मैत्री सम्बन्ध खल्बल्याउने दुस्प्रयास गरिएकोमा चिन्ता व्यक्त गर्नुभयो । सीमाक्षेत्रमा हुने त्यस्ता गतिविधिले दुवै मुलुकका नागरिकलाई अप्ठ्यारो पर्ने बताउँदै उहाँले त्यस्ता समस्यालाई सरकारले कुटनीतिक ढंगले समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले त्यस्ता विषयमा सञ्चारकर्मीहरूले गम्भीर भएर कलम चलाउनुपर्ने सुझाव दिनुभयो । नेपाल भारतबीच रोटी र बेटीको सम्बन्ध रहेकाले दुवै मुलुकको नागरिक बीच मैत्री सम्बन्ध जरुरी रहेको उहाँको भनाई थियो । त्यस्तै भारतका पूर्व सांसद पासवानले पनि नेपाल-भारतबीचको मैत्री सम्बन्धलाई विगार्न खोज्ने तत्वहरूलाई निरूत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो ।


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: