उदाउँदो ताराको अन्त्य

ओमप्रकाश
तराई–मधेशका बासिन्दाका लागि एउटा लोकप्रिय भनाई नै छ, मधेशीहरू जन्मदा नेपाली कांग्रेस भएरै जन्मछन् , पछि मात्रै उनीहरू अन्य पार्टीमा जाने गर्छन् , मधेशवादी त उनीहरू निक्कै पछि मात्र बन्छन् ।
माघ १० को सडक दूर्घटनामा परि असामयिक निधन भएका श्रीकृष्ण यादवमा उक्त भनाई ठ्याक्कै मेल खान्छ । विद्याथीर्कालमा नपाली कागं से्र समर्थित नेपाल विद्यार्थी संघ ९ नेविसंमा रहेर राजनीतिक गरेका थिए , उनले । कांग्रेस भन्नेबितिक्कै हुरूक्कै हुने उनलाई पार्टीले मुल्यांकन नगरेपछि विद्रोही बनेर संसंदीय निर्वाचनमा उम्मेदबारी दिए । पछि उनी एमालेमा प्रवेश गरे । एउटा प्रजातान्त्रिक पक्षधर युवाको कम्युनिष्ट बन्नु आफैमा चानचुने कुरा थिएन । तर उनी असल कम्युनिष्ट भएर आफूलाई प्रमाणित गरिदिए । एउटा वफादार कम्युनिष्ट कार्यकर्ताका रुपमा संधै क्रियाशिल रहे, उनी एमाले पार्टीमा । आफ्नो कार्यक्षेत्र धनुषा–जनकपुरदेखि राजधानी सम्म पाटीर्का कायर्क तार्को काम गर्न उनी कहिले पछि हटेनन् । उनले एमालेलाई धेरै गुण लगाएपनि पार्टीले उनलाई संधै वेवास्ता गर्यो ।
एमालेभित्र उचित स्थान नपाएकै कारण उनी आफू मधेशी भएरै पछि पारिएको जस्तो महशुश गर्न थालेका थिए । खासगरि एमालेमा त मधेशी भन्यो कि पाखा लगाउने परम्परा नै बसेको थियो, एकताका । तर श्रीकृष्ण यादव त्यसबाट अलिकति पनि बिचलित नभई मधेशी समुदायका लागि एउटा सामाजिक मञ्च खडा गरे । तत्कालिन पोटिलव्युरो सदस्य समेत रहेका एमालेकै जीतेन्द्र देवसंग मिलेर उनले मधेशी राष्ट्रिय मञ्च नामक संस्था गठन गरे । तर, पछि देवले धोका दिएकाले उनी आफ्नै नेतृत्वमा मञ्च बनाएका थिए । मञ्च बनाएपनि उनले एमाले भने छाडिसकेका थिएनन् । पार्टीभित्रै मधेशी समुदायका लागि छुट्टै विङ्ग बनाउने प्रयासमा उनी जुटे , त्यसमा उनी सफल पनि भए । उक्त संगठन अझैपनि एमालेमा क्रियाशिलै छ ।
पछि तराई–मधेश लोकतान्त्रिक पार्टी बनेपछि उनी यसैमा प्रवेश गरे । आफैपनि झण्डै एक दशकजति कम्युनिष्ट भएर बिताएकाले कम्युनिष्टहरूको चरित्र राम्ररी थाहा थियो, उनलाई । त्यसैले उनी कम्युनिष्ट पृष्ठभूमि भएका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको द्दमधेशी जनअधिकार फोरममा प्रवेश नगरी लोकतान्त्रिक धार बोकेका महन्थ ठाकुरको नेतृत्व स्वीकार गर्दै तमलोपामा छिरे । उनी तमलोपा अध्यक्ष ठाकुरलाई अन्तर्मनले सम्मान गर्थे । यो पंक्तिकारसंगको भेट्मा पनि धेरै पटक श्रीकृष्ण यादवले पार्टी अध्यक्ष महन्थ ठाकुरको मुक्त कण्ठले प्रशंसा गर्दथे । संविधानसभाको निर्वाचनपछि र माओवादीको नेतृत्वमा रहेको सत्ता ढलेपछि बनेको वर्तमान सरकारमा तमलोपा पनि जाने निश्चितभएपछि उनले आफू मन्त्री बन्ने चाहना पार्टीमा राखेका थिए । धेरै केन्द्रिय सदस्यले उनको समर्थन समेत गरेका थिए । अन्तिम समयसम्म अध्यक्ष ठाकुरले श्रीकृष्ण यादवलाई नै मन्त्री बनाउने निर्णयमा अडिग थिए । यो खबर पाएर उनी असाध्यै खुशी थिए । आफ्ना शुभचिन्तकलाई भोज समेत खुवाएका थिए । छोरा समान रहेका भोलाराय यादव ९जो उनीसंगै दुर्घटनामा परेर निधन भए० लाई बजार पठाएर यो पंक्तिकारका लागि पनि मिठाईको जोहो गर्न भ्याएका थिए, उनी । तर, रातारात पार्टीले निर्णय परिवर्तन ग¥यो ।
निर्णय परिवर्तन गर्नुका कारण सोध्दा पार्टी स्रोतहरूले ‘भारतीय दूताबासबाट फोन आएकोले अध्यक्ष महोदयले निर्णय परिवर्तन गरेको ’ जानकारी दिएका थिए । तर यो त बहाना मात्रै रहेछ, उनलाई मन्त्री नबनाउने । उता रामकुमार शर्मा पनि मन्त्री बन्न सुर कसेका थिए, पार्टीले नबनाएपछि उनी माओवादीमा छिरे । तर श्रीकृष्ण यादव अलिकति पनि बिचलित नभई पार्टीले दिएको जिम्मेवारी निर्वाह गरिरहेका थिए । ठूलो दूर्भाग्य , उनको सडक दुर्घटनामा निधन भयो । देशले एक होनहार सपूत गुमाए भने मधेशले एक सच्चा नेता गुमायो । स्रोतका अनुसार पार्टीकै कामको शिलशिलामा उनी तराईतर्फ जाँदै थिए , तर दुर्घटनामा परे । अत्यन्तै पीडादायत उक्त दुर्घटनामा श्रीकृष्णसंगै उनलाई दुख–सुखमा साथ लिने भोला राय यादव, तमलोपाका अर्का नेता अरुण यादव लगायतको निधन भयो । राजनीतिक शनमा लागेको मान्छे, त्यसमा पनि एउटा केन्द्रिय कोषाध्यक्ष, जो दुर्घटनामा पर्दा समेत पार्टीले घटनाको छानबिनको कुरा गर्दैन । दुर्घटना भएको हो या गराईको हो त्यसबारे छानबिन त हुनै पर्ने हो , पार्टीले यसप्रति खोई चासो दिएको छ रु पार्टीकै संस्थापक सदस्य समेत रहेका श्रीकृष्ण यादवको १३ औं दिनको पुण्यतिथिमा समेत एउटा सम्बेदना निकाल्न नसक्ने तमलोपाले मधेश र मधेशीको हकहितका लागि कुनै कार्य गर्ला भनेर चिताउनु बेकार छ । अन्त्यमा, उनका धेरै सपनाहरु थिए , ती मध्येको एउटा हो, उनले पक्र ाशित गर्ने नवसमयलार्इ पाटीर्को मुखपत्र बनाएर चलाउने । तमलोपा नेतृत्वले श्रीकृष्ण यादवलाई मन्त्री बनाउन नसकेपनि उनको यो सपनालाई सकार पार्न कुनै कसुर बांकी राख्नु हुँदैन । त्यस्तै उनको परिवारजनमा भएको अपुरनीय क्षतिप्रति पार्टी गम्भिर बन्नै पर्छ ।
उनीसंगै देहलिला समाप्त गरेका भोलाराय यादव र अरुण यादवलगायतलाई पार्टीले पीडितको सूचीमा राखेर यथासक्य सहयोग गर्न अग्रसर हुनै पर्छ । भोलाकी अढाई वर्षकी छोरी र बेसहारा बनेकी उनकी श्रीमति तथा अरुणकी दुई छोरी र श्रीमतिलाई आर्थिक, सामाजिकलगायतका सबैखाले सहयोग गर्नुपर्छ । उनीहरुका परिवारकासदस्यलाई राजनीतिक नियुक्ति या अन्य कुनै सुविधा उपलब्ध गराउन तमलोपा पछि पर्नु हदु नै । 
श्रीकृष्ण :  शब्दचित्र
श्रीकृष्ण यादव राजनीतिककर्मी मात्रै थिएनन, विशुद्ध इन्जिनियर , लेखक, पत्रकार र विश्लेषक समेत थिए । तमलोपा केन्द्रीय सदस्य र आर्थिक विभाग प्रमुख उनी नेपाली राजनीतिमा विगत लामो समयदेखि एक जुझारु योद्धा थिए । विस २०१४ मा पिता रामे यादव तथा आमा ठाकुरदेवीको तेस्रो नासोका रुपमा जन्मेका उनी श्रीमती अनिता यादव, छोरी शिखा र दुई छोराहरू सौरभकृष्ण र गौरभकृष्ण यादवलाई छाडेर २०६६ माघ १० मा ठूलो सडक दुर्घटनामा परि परलोक भए । बाल्यकालका क्षणहरु अति रोमाञ्चक ढंगले नै बितेको थियो, उनको । उनले २०२७–२०३५ सम्म विद्यालय जीवन बिताएका थिए । निमावि तहका कक्षाहरुमा संधै प्रथम स्थान ओगट्न सफल श्रीकृष्ण यादव विद्यालय उमेरदेखि इन्जिनियरिङ पढाइसम्मै राजनीतिमा क्रियाशिल रहे ।
विस २०३६ को जनमत संग्रहमा गृहनगर जनकपुर र आफ्नो लगायत केही गाविसहरुमा व्यापक रुपमा प्रचार प्रसारमा उनी सहभागी बनेका थिए । कथित जनमत संग्रहमा झिनो मतको अन्तर देखाई पञ्चायत पक्ष विजय भएको घोषणा भए तापनि उनले धैर्यको बाँध टुटाएनन् । उनी मुलुकमा बहुदलीय व्यवस्था पुनस्र्थापित गर्न आफ्नो क्षेत्रबाट निरन्तर लागि रहे । राराब क्याम्पस जनकपुरको नेविसंघको तर्फबाट सचिव पदमा समेत उनी निर्वाचित भएका थिए ।
त्यसपछि विस २०३६ देखि २०४१ सम्म सिनुरजोरा निमाविको संचालक समितिको सदस्य पदमा निर्वाचित भई विद्यालयको नीति निर्माण तथा भवन निर्माण कार्यमा संलग्न रही महत्वपूर्ण भूमिका निर्वाह गरे । कलेज जीवन राराब क्याम्पसमा बिताएपछि उच्च शिक्षा अध्ययनकै क्रममा उनी भारतको रिजनल इन्जिनियरिङ कलेज दुर्गापुरमा भर्ना भए । समष्टिगत रुपमा कलेजका सबै विद्यार्थीहरुको नेतृत्व गर्न थाले । त्यहाँबाट सिभिल इन्जिनियरिङ समूहमा बिर्इ  ९स्नातक० सिध्याएर उनी विस २०४५ मा स्वदशे फर्क े । त्यसपछि उनी तत्कालीन खानेपानी तथा ढलनिकास विभागको इन्जिनियर पदबाट सेवा शुरु गरे ।
आफ्नो जागिरको प्रवाह नगरी विस २०४६ को ऐतिहासिक जनआन्दोलनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विस २०४८ को आमनिर्वाचनमा उनले आफ्नो गृहनगर धनुषा, जनकपुरमा नेका का उम्मेदवारलाई जिताउन तथा २०४९ सालमा स्थानीय निकायको निर्वाचनमा समेत सोही पार्टीका उम्मेदवारलाई बलियो तुल्याई विजय गराउन महत्वपूणृ भूमिका खेलका थिए । कृष्णा इन्जिनियरिङ कन्सल्टेन्ट हाल सशोधित नाम सिमेका कन्सल्टेन्ट प्रा।लि। का प्रोप्राइटर तथा मैनेजिङ डाइरेक्टर र भिजन डिजाइनर्स एण्ड डेभलोपर्स प्रा।लि। का अध्यक्षका रुपमा २०४० देखि नै अविच्छिन्न रुपमा लागरे सरकारका विविध निमाणरा कायर्ह रुमा यागे दान गर्दै थिए , उनी । विस २०५० मा नेपाल इन्जिनियर्स एशोसिएसनको केन्द्रीय कार्यसमितिमा निर्वाचित समेत उनी सफल भएका थिए ।
नपाली कागं से्र भित्र तत्कालीन समयमा विविध विकृित र विसगं तिका कारण गणेशमानजीको आह्वानमा २०५१ को निर्वाचनमा धनुषा क्षेत्र नं. ५ बाट नेपाली कागं से्र का विदा्र ही उम्मदे वारका रुपमा चचिर्त हाथी छापबाट खडा भर्इ  ५ हजार ६०३ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेका थिए । उनका कारणले वर्तमान राष्ट्रपति डा. रामवरण यादवले त्यसताका चुनाव हारेका थिए । त्यसपछि उनी गणेशमानजीद्वारा स्थापित जनजागरण अभियान समूहका संयोजक जगनाथ आचार्यको केन्द्रीय कार्यसमितिमा बसी नीति निर्माणमा संलग्न रही संगठन बिस्तारको क्रममा देशभर दौडाहा गरी जिल्ला तदर्थ समिति गठनमा सक्रिय भूमिका खेलेका थिए । नेपाली कागं से्र का पाखे रा महासमितिमा जनजागरण अभियान समहू के आन्दाले नमा धनुषाबाट देशभरमा सबभन्दा बढी प्रतिनिधित्व गराउन उनी सफल भएका थिए । विस २०५२ मा आएर बृहत्तर जनकपुर विकास समितिको तत्कालीन सरकारको तर्फबाट सदस्य पदमा मनोनित भई त्यस समितिको गुरुयोजना तयार गर्न उनी विशेष रुपमा सक्रिय रहेका थिए ।
नेताहरुको षडयन्त्रका कारण जनजागरण अभियान समूह विघटन पश्चात् नेकपा एमालेमा प्रवेश गरी २०५६ सालको आमनिर्वाचनमा धनुषा क्षेत्र नं। ५ बाट उम्मेदवार भई १८ हजार १५७ मत प्राप्त गरी दोस्रो स्थानमा हासिल गरेका थिए । २०५२ सालदेखि २०६४ सालसम्म एमालेको जिल्ला सदस्य भई पार्टी भवन निर्माणका साथै पार्टीका विभिन्न काम गरे । २०६३ सालमा मधेशी राष्ट्रिय मंचका अध्यक्षमा मनोनित भए । मधेशी राष्ट्रिय मंचको बृहत् राजनीतिक शक्ति निमाणराका लागि मधशी राष्टिय« मचं का निणर्य बाट पसे्र सम्मले न गरी मधशे मा एउटा सबल क्षत्रीय पाटीर्के निमाणरा गर्ने नीति अनसार “बहृ त् मधशी शक्ति” के निमाणरा क्रममा ९ जना संस्थापक सदस्यहरुबाट तराई–मधेशलोकतान्त्रिक पार्टीको निर्माण २०६४ साल पौष महिनामा गरे । विस २०६४ को चुनावमा तमलोपाबाट धनुषा क्षेत्र नं। ५ बाट ४ सय ७४ मतले पराजित भए ।
विस २०६३ भाद्र महिनामा नव समय साप्ताहिकको विशेषाङ्कको रुपमा “नेपालको संघीय संरचना तथा संविधानसभा सम्बन्धी अवधारणा” किताब रचनाका साथै कान्तिपुर पत्रिकामार्फत् विभिन्न लेखहरु प्रकाशित समेत गर्न भ्याएका थिए, उनी । नव समय साप्ताहिकका प्रकाशक तथा सम्पादक भई प्रकाशन कार्यमा व्यस्त रहदै आएका यादव किसान तथा सामान्य परिवारमा जन्मिएका भए तापनि आफ्नो परिश्रम तथा बुद्धिविवेकले आफ्नो ठूलो दाजुको सहयोगले इन्जिनियरबाट सक्रिय राजनीतिमा आएका थिए ।
धनुषा सिनोरजोडा गाविसको सोहनी घर भएका श्रीकषृण यादवके निधन २०६६ माघ १० गते काठमाडाबाट गहृ नगर जानेक्रममा मकवानपुरमा सडक दुर्घटनामा परेर भयो । उनीसंगै अन्य तीन जनाको पनि उक्त दुर्घटनामा मृत्यु भएको थियो । 

One Response

  1. श्री कृष्ण यादव लाई आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शिक्ति पराप्तहोस भनी प्राथना गर्दछौ !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: