गोलि चलाउँदै लुटपाट

केशव कुमार दास ,बिराटनगर माघ २६ – पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र पछाडिको गाउँ विराटनगर-१६, दरहियाबाट आइतबार बेलुकी डाका समूहले गाउँमाथि गोली चलाउँदै तीनवटा चौपाया लुटेर लगेका छन् । गाउँलेका अनुसार लुटेराले स्थानीय महेश यादवका दुइ गोरु र एउटा भैंसी लुटी लगेको छ । लुटेराको गोलीले महेशका दाजु उदीचन घाइते भएका छन् ।

उनको दायाँ पाखुरामा गोली लागेको छ । राति करिब साढे १२ बजे आएको समूहले पहिले महेशको वस्तुभाउ फुकायो । उपचारपछि सोमबार बिहान घर ल्याइएका उदीचनले भने ‘म गुहालीमा सुतेको थिए, मेरो पनि गोरु खोलेको आवाज सुने, उठ्दा मेरो कन्चटमा पेस्तोल ताके ।’ हल्ला नगर्न चेतावनी दिएका लुटेराको घेराबाट उम्कदा उम्कदै गोली लागेको उनले बताए ।

होहल्ला भएपछि गोली चलाउँदै भागेका लुटेराले अरूको वस्तुभाउ लैजान पाएनन् । उनीहरूले ‘पाँच दिनपछि फेरि आउँछौ’ भन्दै चेतावनी दिई गएको गाउँलेले बताए । दरहियामा लुटको यो घटना नौलो होइन । बितेका १५ वर्षमा यहाँ १ सय ३ वटा घटना भइसकेका छन् । गत वर्ष लुटेरा समूहले यहाँ लुटसँगै बलात्कारको घटना गराएको थियो । किसानले ल्याएको मल समातेर सुरक्षाकर्मीले दुःख दिने गरेपनि लुटेराबाट जोगाउन चासो नदिएको गाउँलेको गुनासो छ । घटनापछि सोमबार बिहान नजिकैको पूर्व क्षेत्रीय प्रहरी कार्यालय पुगेका गाउँलेको समूहले डीआइजीलाई भेट्न पाएनन् ।

स्थानीय प्रताप शर्माले भने ‘हामीलाई भेट्न दिएनन् । हाम्रो सुरक्षा कसले गर्छ -‘ घटना हुँदाहुँदै फोन गरेपनि प्रहरी पौने घण्टा ढिलो गरी आएको गाउँलेले बताए । सुगर मिलमा बसेका सशस्त्र प्रहरी राति गेट बाहिर ननिस्कने, पूर्व क्षेत्रीय प्रहरी कार्यालयलाई आसपासको सुरक्षा चिन्ता नहुनु र जिम्मेवारी लिएको इप्रकाले गस्ती नगर्ने भएका कारण दरहियावासी संकटमा रहेको स्थानीय बद्रि मण्डलले बताए । उनले भने ‘हामीलाई चौकी दिनुपर्‍यो, नभए गस्ती नियमित भएपनि अलि आड हुन्थ्यो ।’

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: