• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

महोत्तरीका मालपोत प्रमुख अपहरणमा

जलेश्वर महोत्तरी, माघ २६ – सुरक्षानिकायको तरलताको फायादा उठाउदै अपराधीहरुले अब उच्चा तहका कर्मचारीहरुलाई अपहरण गर्न थालेका छन्  । हिजो सोमबारका दिन महोत्तरीका मालपोत प्रमुखको अपहरण भएको छ । मालपोत प्रमुख  लालदेव रायलाई अपहरणकारीहरुले अपहरण गरी भारततिर लगेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको जिप्रका महोत्तरीले जनाएको छ ।

प्रहरीले मालपोत प्रमुख राय हिजो सोमबार कार्यालयको समय समाप्त भएपछी महोत्तरीको सदरमुकाम जलेश्वर बाट घर तर्फ फर्कने क्रममा उनको अपहरण भएको हुनसक्ने जनाएको छ । राय घरमा सधै समयमै आउने गरेको र सो दिन निकै अबेला भएकोले उनको परिवारजनले प्रहरीलाई सूचित गरेको थियो ।

प्रहरीका अनुसार ज १ प ५९१४ नम्बरको उनि चढ्ने मोटरसाइकल सिमावर्ती गाविस पर्सामा फेला परेकोले रायलाई अपहरकारीहरुले भारतीय भूमिमा लगेको हुन सक्छ ।  हालसम्म उनको अपहरणको जिम्मा कुनै समूहले नलिएकोले उनलाई कुनै अपराधिक गिरोहले अपहरण गरेको हुन सक्ने जनाईएको छ । उनको खोजि कार्य जारी रहेको जिप्रका महोत्तरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: