• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

पाँच पुस्तादेखि पत्थर काट्ने पुर्ख्यौली पेशामा आश्रित पचास परिवार

राधेश्याम राम -लहान माघ २७ –  राजनीतिक परिवर्तन सँगै सबै जाति समुदायले आ-आफ्ना जतीय क्षेत्रीय मुद्दाहरु उठाई रहेको समयमा अल्पसंख्यक दलित समुदाय पत्थरकडाहरु भने पेशागत संरक्षण बोहक सरकारसँग ठुलो अपेक्षा नराखेको बताएका छन् ।

सप्तरीको सदरमुकाम राजविराजमा रहेर आफ्नो पाँच पुस्तादेखिको पुर्खाैली पेशा पत्थर काट्ने पेशा अंगाल्दै आएका ती समुदायले सरकारबाट आफुहरुको पेशाको संरक्षण होस भन्ने मात्र चाहेका छन ।

उद्योग व्यवसायीको विकाससँगै हरेक पेशागत रोजगारीले अग्रस्थान लिएर पनि दिनभर सिलौटो घोटेर हातमुख जोर्न मुस्किल भइरहेको बताउने उनीहरुको नाममा एक धुर पनि आफ्नो जमिन छैन । सप्तरीको राजविराज नगरपालिका ९ स्थित तेतरीगाछी चौक नजिके रहेको ऐलानी जग्गामा फुसका घर बनाएर उनीहरु बस्दै आएका छन । राजविराज-९ मा १२ घर धुरीमा करिब ५० जनसंख्या रहेको यस समुदायमा परिवारको एक मात्र पेशा सिलौटो घोटने रहेको छ । भारतको कुनौली गोरखपुर लगायतका स्थानबाट १ सय रुपैया भारुमा ढुङ्गी खरिद गरि त्यसबाट बनाएको मसला पिस्ने सिलौटो गाउँ गाउँमा डुले ५ सय देखि ८ सय रुपैया सम्म विक्री गर्ने गरेको स्थानीय राजु थैवे बताउँछिन ।

पाँच छ पुस्तादेखि यही पेशा अंगालेका उनीहरु सो परम्परागत पेशाबाट जीवन यापनमा दिन प्रतिदिन कठिनाई भइरहेको उनी बताउँछिन् ।आधुनिक प्रविधि मिलबाट मसला घोटने प्राविधिको विकासँगै आफुहरुको व्यवसाय घट्दै गएको स्थानीय सावित्री थैवे बताउँछिन । उनी भन्छिन् ” मिहिनेत बढी कमाई कम बालबच्चा कसरी पाल्ने कहिले काही त खाने कुरा नभएर भोकभोकै सुत्नु पर्दछ ।’’सावित्री अगाडि भन्छिन् सरकार र सम्बन्धित निकाय पनि हामीहरुलाई केही पनि हाल सम्म सहयोग नगरेको दुखेसो पोख्दै हामी गरिब निमुखा र मेहनत गरेर काम गर्नेहरुलाई कसैले पनि कहि कतैबाट सहयोग नगरकेा बताउँछिन् ।

आर्थिक समस्याका कारण पत्थरकटा समुदायका स्कुल जाने उमेरका बालबालिकाहरु स्कुल जाने उमेरका बालबालिकाहरु स्कुल जानुको साटो बालश्रम गरेर हातमुख जोर्ने काममा टेवा पुर् याउन बाध्य भएका छन् । पत्थरकटा समुदायमा हालसम्म एक जना पनि एसएलसी उतिर्ण हुन सकेका छैनन् । ती समुदायका रवि कुमार फेवै भन्छन् आर्थिक अभावका कारण आफु विद्यालय जान नपाएको तर पढने मन्साय त पुरा छ तर के गरौं पढनको लागि त्यति पैसा नभएका कारण पढन नपाइरहेको दुखैसो पोखेका छन् । उनि जस्तै कतियो पढने उमेरका बालबालिकाहरु पनि पढन नगइ दिन भरि पत्थर काट्ने कार्यमा लागि परेको देखिन्छ ।

दलित समुदायको शिक्षामा पहुच पुर्याउन जिल्लामा तीन दर्जन भन्दा बढी गैर सरकारी संस्थाहरुले कार्यक्रम संचालन गरेपनि सो समुदायलाई लक्षित गरि कुनै कार्यक्रम संचालन नगरेको उनीहरुको भनाई रहेको छ ।उनीहरु भन्छन- सरकारी तथा गैर सरकारी कसैले पनि हालसम्म कुनै किसिमको सहयोग पुर् याएको छैन । त्यसैले आफुहरु आर्थिक शैक्षिक र सामाजिक रुपमा पछाडि परेका छौ ।’’ आफ्नो परम्परागत पेशाबाट गुजारा चलाउन घौ-धौ परेको उनीहरुको कथन छ । उनीहरुले आधुनिक सीप र तालिमको लागि तालिम उपलब्ध गराउनुको साथै बजारको व्यवस्था मिलाएर आफुहरुको जीवन स्तरमा सुधार हुने बताउँछन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: