शंकराचार्यद्वारा दुइवटा मन्दिरको उदघाटन हिन्दू राज्य स्थापनामा जोड

 

जनकपुरधाम माघ २९ – जगतगुरु शंकराचार्य जगन्नाथपुरी निश्च्चलानन्द सरस्वतीले जनकपुरको दुइवटा मन्दिरको शुक्रवार एक समारोह बीच उदघाटन गर्नुभएको छ।mmm

सो अवसरमा हजारौंको सहभागिता रहेको थियो।उदघाटन समारोहको निम्ति समाजिक कार्यकर्ता पवन सिंघानिया द्वारा स्वर्गद्वार स्मशानघाटमा निर्माण गरिएको बाबा भूतनाथ मन्दिर र रामजानकी युवा कमिटीद्वारा पेठिया गाछीमा निर्माण गरिएको गणेश मन्दिरलाइ विशेष रुपले सजाईएको थियो ।
भूतनाथ मन्दिरमा आयोजित समारोहमा शंकराचार्यले हरेक व्यक्तिको अन्तिम घर स्मशानघाट रहेको र यहीबाट पुरानो शरीर त्यागि नयाँ शरीर धारण गरिन्छ भन्दै मन भित्र रहेको खराब चीजको भूतनाथ मन्दिरमा पुगी त्याग गर्नको निम्ति सबैलाई आग्रह गरेका थिए।
वहाले मृत्यु अन्तिम सत्य रहेको बुझ्दा पनि मानव मोहमायामा पस्ने र गलत गतिविधीमा लागेको प्रति दुःख व्यक्त गर्नुभयो।९० लाखको लागतमा निर्मित स्मशानघाटमा महादेव कालीका र भूतनाथ सहितको स्थापना गरिएको छ ।उदघाटन समारोहमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, धनुषाका प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्की सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।त्यस्तै गणेश मन्दिरको उदघाटन गर्दै शंकराचार्यले नेपालमा शान्ति समृद्धिको निम्ति कामना गर्नुभयो ।उनले नेपालमा लाखौँ हिन्दुको चाहना अनुरुप पुनः हिन्दु राष्ट्रको स्थापना माथि जोड दिए।कार्यक्रममा जिबछ साह, मनोज साह सहितकाले मन्तव्य राखेका थिए ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: