• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनकपुरमा दुइवटा मन्दिरको उदघाटन आज भगवान गणेशको प्रतिमाको प्रतिस्थापन शोभा यात्रामा हजारौ सहभागी

जनकपुरधाम माघ २९ – मन्दिरै मन्दिरको शहर जनकपुरमा आज शुक्रवार अझै मन्दिर बढ्ने भएको छ। जगतगुरु शंकराचार्य जगन्नाथपुरी निश्च्चलानन्द सरस्वतीले आज शुक्रवार एकसमारोह बीच स्मशानघाटमा निर्माण भएको बाबा भूतनाथ मन्दिर र रामजानकी युवा कमिटी द्वारा पेठिया गाछीमा निर्मित गणेश मन्दिरको उदघाटन गर्ने कार्यक्रम रहेको छ । उदघाटन कार्यक्रमको निम्ति दुवै मन्दिरलाइ विशेष रुपले सजाईएको छ। भूतनाथको उदघाटन आज बिहान ११ बजे देखि मध्यान्ह १२ बजे सम्मको लागी राखिएको छ भने गणेश मन्दिरको निम्ति १ बजे।यसैबीच गणेश मन्दिरमा भगवान गणेशको प्रतिस्थापन गरिएको छ ।

बनारस बाट आउनु भएका आचार्य जितेन्द्र शास्त्रीको नेतृत्वममा रहेको ५ जना पंडितको उपस्थितिमा गणेशको प्रतिमाको प्रतिस्थापन गरिएको पूजा अर्चना मूल समितिका उपसंयोजक सोहन ठाकुरले जानकारी दिएका छन्।यसभन्दा पहिले जनकपुरमा विशाल शोभा यात्रा निकालिएको थियो। रामजानकी युवा कमिटीको नेतृत्वमा निकालिएको सो शोभा यात्रामा हजारौको सहभागिता रहेको थियो। भगवान गणेशको मूर्ति लिएर निसकिएको सो शोभा यात्रामा सहभागी हरुले गणेशको जयकारक नारा लगाएका थिए।सो समारोहमा कमिटीका अध्यक्ष मनोज कुमार साह, संस्थापक अध्यक्ष जिवछ साह सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो। यसैबीच शंकराचार्यले दोश्रो दिन स्वर्गद्वार स्मशानघाटमा प्रवचन दिएका छन्।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: