पशुपतिनाथको उपकार कति दिन

जनकपुरधाम फाल्गुन १ – मैथिली भाषाको पढाई बिगत देखि नै जनकपुर सिरहा र राजविराज क्याम्पसमा भैरहेको छ। तिनै ठाउमा शिक्षक कार्यरत छन् तर जब परीक्षाको कपी जाच्ने प्रसंग आउछ अनि डा. पशुपतिनाथ झाको मात्र। उनि मैथिलीको केन्द्रीय विभागाध्यक्ष छन् तर उनलाई त्यसको कुनै मतलब हुने गरेको छैन। उनले केहि दिन पहिले मात्र प्रकाशित भएको एमए मैथिली द्वितीय वर्षको तिनवटा विषयको एक्लै कपी जाँच गरे।के अरु शिक्षकहरु थिएनन र पशुपतिनाथले एक्लै जाच गरे ?

केन्द्रीय विभागमा कार्यरत प्राध्यापक परमेश्वर कापडि भन्छन ‘ वहाले कसैलाई कपि जाच गर्न दिए पो कसैले जाच गर्ने ?’ कपी जाँचमा पैसा पाईन्छ र सबैलाई थाहा छ पशुपतिनाथले पैसा छोड्नै सक्दैनन् उनले भने।कपी मलाइ पनि जाच्न दिनुहोस भनेर एकजना शिक्षकले केहिदिन पूर्व पशुपतिनाथलाइ भनेका थिए तर पशुपतिनाथको जुन किसिमको प्रतिक्रिया थियो शिक्षकले सुनेर मुख पुन: खोल्न पनि सकेनन।

नाम न छाप्ने शर्तमा शिक्षकले भने पशुपतिनाथको भनाइ थियो कि मेरो परिवा हरेक समय बिमार रहने गरेको छ र छोरा काठमाडौंको महँगो स्कुलमा अध्ययनरत छन्। तलब बाट पूर्ति हुन सकिरहेको छैन। केहि बर्ष मलाइ सहयोग गर्नुहोस ,तपाईहरुको यो मेरो माथि उपकार हुनेछ। तर उपकारको नाममा पशुपतिनाथको दादागिरीले मैथिलीलाई समाप्त गरिरहेको प्रति कसैको ध्यान गईरहेको छैन मैथिली विभागमा पारदर्शिताको अभाव छ। या पारदर्शिताको निम्ति आवाज उठाउनु पर्छ या त यसको जवाफ खोज्नुपर्ने आवश्यकता छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: