महोत्तरी फाल्गुन २ ।महोत्तरीको माइ स्थानमा शनिवार बिहान भएको बस दुर्घटनामा परि २० जना भारतीय र २ जना नेपाली घाइते भएका छन। पोखरा देखि जनकपुर तर्फ आउदै गरेको ग १ ख २१७९ नम्बरको बस महोत्तरीको मरहा पुलमाथि बाट ३० मिटर तल खसेको थियो। घाइते हुनेहरुमा महोतरी घर भई पोखरामा कार्यरत डिएसपी अंशु सिंह वहाको श्रीमती सुमन सिंह, भारतको दयालु बाइ नरेन्द्र सिंह सहित ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुको इलाज बर्दिवास स्वास्थ्य क्लिनिकमा भईरहेको थियो ।त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढको भमरापुल नजिक शुक्रवार राति यात्रुबाहक बस दुर्घटना भएको छ।सो दुर्घटनामा घाइते भएका १२ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।यता उदयपुरमा जन्ती चढेको ट्रयाक्टर दुर्घटनामा परि तीनजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
सिरहा देखि गाइघाट तर्फ जन्ती लिएर हिडेको स १ त १०९२ नम्बरको ट्रयाक्टर दुर्घटना परि ३ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। सप्तरीको ४० वर्षीय गोठाला किशोर सदा ,सिराहको १० वर्षीय दिपक सदा र भारत मधुवन गराहा पंचायतका २१ वर्षीय महेश सदाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्यको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको जनाईएको छ।
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्