• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

कक्षा आठकी बालिकाले बनाईन विश्वकै पहिलो पानीबाट उडने रकेट

फाल्गुन २ -विश्वमा नै इन्धनको माग बढ्दै गएको वेला कक्षा ८ मा अध्ययनरत नेपाली विद्यार्थीले पानीबाटै चल्ने रकेट बनाएर उडाएकी छिन् ।काठमाडौँ भीमसेनगोलास्थित इन्द्रधनुष माविमा अध्ययनरत विनम्रता शर्माले पानी र हावालाई इन्धनको रूपमा प्रयोग गरेर रकेट उडाएकी हुन् ।काठमाडौँ डनबस्को स्कुलमा भएको बृहत् शैक्षिक मेलामा विनम्रताले पानी र हावाकै इन्धनले रकेट उडाएकी हुन् ।

पाँच सयभन्दा बढी विद्यार्थी तथा अभिभावकबीच उडाइएको सो रकेट करिब एक किलोमिटर उचाइसम्म पुगेको थियो । रकेट तीन सय किलोमिटर प्रतिघन्टाको गतिमा उडेको विद्यालय इन्द्रधनुष माविका पि्रन्सिपल बाबुराम पौडेलले बताए । रकेट बनाउन विनम्रतालाई पि्रन्सिपल पौडेल र कक्षा ९ मा अध्ययनरत साथी सजक उपाध्यायले सघाएका थिए ।

‘लौ नेपालको रकेट उड्यो’ पानी र हावाको इन्धनले रकेट उडेपछि मेलाका सहभागीले ताली पिट्दै प्रतिक्रिया दिएका थिए । विनम्रताले बनाएको नेपाली रकेटलाई शिक्षक र निर्माताले ‘पानीरकेट’ नाम दिएका छन् । रकेट बनाउन करिब तीन महिना लागेको विनम्रताले बताइन् । ‘मैले बनाउँछु भनेर आँट गरेँ, स्कुलले सहयोग गर्‍यो, तीन महिनामा योजना सफल भयो,’ उनले नयाँ पत्रिकासित भनिन् । रकेट पानी र हावाकै भरमा उडेको बताउँदै उनले भनिन्, ‘जति माथि उडाउनुपर्ने हो, त्यति धेरै पानी चाहिन्छ, पेट्रोलियम इन्धनजस्तै हो,’ उनले भनिन्, ‘यो त नमुना मात्र हो, स्रोत र साधन भए यही सिद्धान्तअनुसार ठूलै रकेट पनि उडाएर देखाउन सक्छु ।’

रकेट बनाउन पेप्सी र कोकका जम्बो बोतल प्रयोग गरिएको छ । रकेटको पिँधमा राखिने नोजल, रकेटलन्चर र हावा हाल्ने विशेष पम्प भने विदेशबाट झिकाइएको पि्रन्सिपल पौडेलले बताए । पौडेल भन्छन्, ‘त्यस्ता सामान नेपालमा नपाइएकाले विदेशबाट मगाउनुपरेको हो ।’ यति गर्दा पनि रकेट बनाउन २० हजार मात्र लागेको छ । नमुनाका रूपमा तयार पारिएकोे रकेटमा अझ धेरै प्रविधि प्रयोग भए नेपालको प्रतिष्ठा बढ्ने दाबी पनि पौडेलले गरे । ‘पानीबाट चल्ने रकेट विश्वमा अन्त बनेको छैन, यो नै पहिलो हुनेछ,’ उनले भने ।

विनम्रताले पनि पानीले चल्ने रकेट विकसित भए वातावरण संरक्षणमा पनि क्रान्ति हुने बताइन् । ‘अन्य मुलुकमा रकेट उडाउन प्रयोग गर्ने इन्धनले वातावरणमा ठूलो असर पारेको छ, अब पानीबाटै चल्ने रकेट बनेपछि वातावरण संरक्षणमा ठूलै क्रान्ति आउने भएको छ,’ उनले भनिन् । आगामी वर्ष अस्ट्रेलियामा हुने प्रतियोगितामा उनले पानीरकेट प्रदर्शन गर्ने बताएकी छिन् । यसअघि उनले बैंककमा भएको प्रतियोगितामा भाग लिएकी थिइन् ।  यसैगरी, मेलामा डनबस्कोमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले रिमोटबाट चल्ने विद्युतीय एरोप्लेन उडाएका थिए ।

प्लेन १५ मिनेटभन्दा बढी उड्न सक्ने बताइए पनि ब्याट्रीमा चार्ज नभएकोले एक मिनेट मात्र उडेको थियो ।विद्यार्थीमा रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले मेला आयोजना गरिएको डनबस्कोका पि्रन्सिपल महेन्द्र खनालले बताए । ‘देशमा यति धेरै प्रतिभा लुकेका रहेछन्, सरकारले यस्ता विद्यार्थीको प्रतिभा विश्वसामु चिनाउन आवश्यक छ,’ उनले भने । राजधानीका सयभन्दा बढी विद्यार्थी सहभागी उक्त मेलामा विद्यार्थीले बनाएका रोबर्ट, विद्युतीय कार, रेडियो तथा अन्य विभिन्न सामग्रीको प्रदर्शन गरिएको थियो ।

– नयाँपत्रिका बाट


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: