कानु समाजको राष्टिय महाधिवेशन सम्पन्न

बीरगंज, फाल्गुन २, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले वर्तमान सरकारले मुलुकमा कुनै घटना र दुर्घटना भयो कि त विदेशी शक्तिको हात छ भनेर अब मुक्ति नपाउने बताउनु भएको छ ।mmm
कानु समाज नेपालले हिजो बीरगंजमा आयोजना गरेको प्रथम राष्ट्र्रिय महाधिवेशन समारोहको उदघाटन गर्दै अध्यक्ष झाले यस्तो बताउनु भएको हो । अध्यक्ष झाले नेपाल सरकारले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको आरोप लगाउनु भयो । यदि शान्ति सुरक्षाको अवस्था राम्रो भएको भए राजधानीको सबैभन्दा संवेदनशिल स्थानमा दिउसै एक सञ्चारउद्यमी जमिम शाहको हत्या हुने थिएन होला । शाहको हत्यो भएको आज ७ दिन बितिसक्दा पनि नेपाल सरकार हत्यारा पता लगाउनुको साटो उल्टै यस हत्यामा बिदेशी शक्तिको हात हुनसक्ने अनुमान लगाएर उन्मुक्ति खोजिरहेको आरोप लगाउनु भयो । यदि साच्चिनै शाहको हत्याको घटनामा विदेशी शक्तिकै हात छ भने कसको हात छ ( त्यो पत्तो लगाएर र्सार्वजनिक गर्नु परयो । त्यसता अपराधीलाई कारवाही गर्नमा नेपाली जनताले साथ र सहयोग दिनेछ होईन भने केवल काल्पनिक कुरा गरेर मुलुकमा शान्ति सुरक्षा आउदैन बरु दण्डहिनता बढनेछ भनेर चिन्ता ब्यक्त गर्नु भयो ।

नेपाल सरकारले गरेको जातिय सुचिकृतमा कानु समाजको उल्लेख नगरिएको प्रति दुख ब्यक्त गर्दै अध्यक्ष झाले यो सरकारले कसैको पनि अधिकार दिनै चाहेकै छैन । नेपाल सरकार, राजनैतिक दल र त्यसका नेताहरु यदि सबैको अधिकार दिने हो भने कतै आफुहरु नै कमजोर पो हुने हो कि भन्ने डर छ उनीहरुमा । तर कसैको अधिकार दिदैमा न कोही कमजोर हुन्छ न मुलुकको बिखण्डन नै हुन्छ अध्यक्ष झाको दावी थियो ।
नेपाली जनताले आफनो भाग्य लेख्न देशभरीबाट ६०१ जना सभासदलाई छानेर पठाएको छ । तर दुखको कुरा के हो भने, ६०१ जना सभासदमा केही नेपाली कांग्रेसको छ, केही माओबादीको छ, केही नेकपा एमालेको छ, केही फोरमको छ, केही कसैको र केही कसैको गरी सबै सभासद दलको मात्रै छ । तर जनताको सभासद भने एउटै पनि छैनन् अध्यक्ष झाको दावी थियो । हुनत आफु राजनैतिक नेता नभए पनि यो देशको सामान्य नागरिक र त्यसमाथि पत्रकार समेत भएकोले आफुलाई आफनो कर्तब्यले दिएको सीमाभित्र रहेर राजनैतिक कुरा बोल्ने र गर्ने अधिकार रहेको स्पष्ट पार्नुभयो ।
उदघाटन कार्यक्रमकै क्रममा अध्यक्ष झाले प्रमुख अतिथिको आसनबाट आफुलाई पत्रकारिता सिखाउने तथा प्रजातन्त्र सेनानीको रुपमा चिनिने जनकपुरका बरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई दोसल्ला ओढाएर सम्मान गरेकोमा आफुले आफना गुरुको सम्मान गरेको नभई आफैले सम्मान पाएको अनुभुति भएको बताउनु भयो । झाले राजेश्वर नेपालीले यो मुलुकलाई धेरै कुरो दियो । तर यो मुलुकले भने राजेश्वर नेपालीलाई केही दिन नसकेकोमा दुख ब्यक्त गर्दै यो सरकार केवल लिन मात्रै जानेको छ । दिन जानेको चाही छैन भनेर ब्यगं गर्नुभयो ।
समाज नेपालका अध्यक्ष अधिवक्ता हरिहर साहको अध्यक्षँतामा भएको समुदघाटन समारोहमा सभासद श्यामसुन्दर साह, प्रमोद कुमार गुप्ता, उर्मीला देवी साह, इस्लाम हवारी, ओमप्रकाश शर्मा र रामेश्वर रौनियार लगायत भारतको मोतिहारीस्थित जिल्ला परिषदका अध्यक्ष मञ्जु देवी लगायत कानु समाजका विभिन्न ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।
उदघाटन सत्रको समाप्तिपछि बीरगंज नगरसभागृहमा भोली बन्द सत्र शुरु हुने कार्यक्रम रहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: