• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मधेशको समस्या उजागर गर्ने जनचेतना प्रकाशित

जनकपुरधाम फाल्गुन २ – जनचेतना मधेश समस्याको नालिबेली नामक पुस्तकको शनिवार बरिष्ठ साहित्यकार डा.राजेन्द्र प्रसाद विमलद्वारा  लोकार्पण गरिएको छ।ब्रेक द सोसल एब्यूजेज स्टुडेन्टस काउन्सिल सेन्ट्रल कमिटी काठमाडौं द्वारा प्रकाशित यस पुस्तकमा मधेशको १७ वटा विद्वानहरुले विभिन्न विषय माथि लेखिएको लेखलाइ संग्रह गरेको छ।

काउन्सिलको अध्यक्ष धर्मेन्द्र कुमार झा ‘धीरु’ को  सम्पादनमा प्रकाशित उक्त पुस्तकमा मधेशको समस्यालाई उजागर गरिएको छ। पुस्तकको बिमोचन गर्दै डा.विमलले हरेक समस्याको मूल राजनीति रहेको उल्लेख गर्नुभयो।वहाले राजनीतिक समस्याको शाखा समस्याको रुपमा अन्य समस्या रहेको बताउनुभयो। वहाले ब्रेक संस्था समाजिक समस्याको निराकरणको निम्ति शुरु गरिएको अभियान प्रति खुशि व्यक्त गर्दै अभियानको निरन्तरताको सुझाव दिनुभयो। पुस्तकको समिक्षा गर्दै साहित्यकार शितल झाले पुस्तकमा समेटिएको समस्यामुलक लेखहरुले मधेशको वास्तविक समस्या चित्रण गर्न समर्थ रहेको बताउनुभयो।

वहाले तुलानारायण साह डा. विमल ,रीमा झा सहितका व्यक्तिको लेख यथार्थपरक रहेको भन्दै केहि लेखले कुनै वाद स्थापित गराउने उद्देश्य बाट एकपक्षीय रुपमा लेखिएको टिप्पणी गर्नु भयो। पुस्तक प्रति डा. रामकुमार यादव ,प्रा.विजय दत्त ,सुनील मल्लिक, देवेन्द्र झा, हिमांशु चौधरी ,प्रवेश चौधरी, महारुद्र झा सहितले मन्तव्य राखेका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: