• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

समयमा संविधान निर्माणको निम्ति युवा दबाव

जनकपुरधाम फाल्गुन २ – निर्धारित समयमा संविधान निर्माण गर्नको निम्ति दबावमूलक कार्यक्रम शुरु गरिएको राष्ट्रव्यापी युवा दबाव अभियान अन्तर्गत जनकपुरमा शनिवार जुलुस प्रदर्शन संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।दलहरुबीच देखिएको अविश्वासको कारण समयमा संविधान जारी हुनेमा शंका उपशंका भईरहेको समयमा शान्ति र संविधानको निम्ति राष्ट्रव्यापी संविधान यात्रा शुरु गरिएको छ।

स्थानीय अभियानकर्ता तथा सपोर्ट नेपाल जनकपुरको अध्यक्ष गंगा प्रसाद साहको नेतृत्वमा विभिन्न २० वटा संघसंस्थाको सहभागितामा जानकी मन्दिर देखि शुरु भएको रैली बार एशोसिएशनको सभाकक्षमा पुगी अन्तरक्रियामा परिणत भएको थियो। अन्तक्रियामा  अभियानको संयोजक अजय शिवाकोटीले दलहरुले जनताको अभिमतलाइ तिरस्कार गरेको आरोप लगाए। शिवाकोटीले नयाँ जनमुखी र सबैको अधिकार सुरक्षित गर्ने  संविधान निर्माणको निम्ति संविधान सभाप्रति जनताले देखाएको उत्साहलाई नजर अन्दाज गरि दलहरुले सदभाव सहिष्णुता र हार्दिकतालाई बलियो बनाउनको निम्ति तथा नयाँ संविधान निर्माण गरि स्वतन्त्रता मानवअधिकार लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गर्दै शान्ति र समृद्धिको निम्ति  दबाव आवश्यक रहेको बताए।

कार्यक्रममा मानव अधिकारवादी तथा भुमिजा मानव अधिकार संघका अध्यक्ष प्रा. विजय दत्तले समयमा संविधान निर्माण नभए देशमा अराकता बढने संगै विखण्डन हुनसक्ने अवस्था रहेको बताए । ओरेक नेपाल धनुषाका अध्यक्ष नम्रता गिरीले समयमा संविधान निर्माण गरी महिला अधिकार संरक्षणको माँग गर्नुभयो। कार्यक्रममा प्रगतिशील नेपालको अध्यक्ष पुनम चौधरी, मिनापको अध्यक्ष सुनील मल्लिक, सपोर्टको गंगाप्रसाद साह, राष्ट्रीय मानव अधिकार आयोगको प्रदीप झा ,ओएचसीएचआर युवा अभियान ,आसमान नेपाल, समाज विकास पथ सहितको संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: