• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

उपचार खर्च अभावमा सपरिवारद्वारा आत्महत्या

रुकुम फाल्गुन ३ – रोग भोक र शोकले ज्यान लिन्छ भन्थे तर रोग बाट पिडित भई उपचार गराउन नसकी सामूहिक आत्महत्या गर्नु आफैमा नेपालको जनताको विवशता, रोग भोक शोक र देशको अवस्थालाई उजागर गर्दछ।भारतमा किशानहरुले आत्महत्या गर्दा उनीहरुको देशभित्रको किशानहरुको अवस्थालाई हामीले बुझ्न पाएका थियौ र भन्ने गर्थ्यौ कि यत्रो धनि सु सम्पन्न राष्ट्र भारतमा किशानहरुको समस्यालाई सरकारले समाधान गर्न सकेको छैन।

त्यहाका किशानहरुले आत्महत्या गरिरहेका छन्। अनि त्यहाको सरकार किशानहरु प्रति उदासिन रहेको कुराकानी हामि गर्थ्यौ तर रुकुममा घटेको एक घटनाले हामि सबै नेपालीहरुको मनमा एउटा ठुलो भयावह स्थिति देशमा उत्पन्न हुदैछ भन्ने भान गराएको छ।  रुकुमको भलाक्चा वडा न.१ मा स्थायी बसोबास गर्दै आईरहेका एक परिवारले उपचारको खर्चको जोहो गर्न नसकेपछी सपरिवार आत्महत्या गरेका छन् ।

सत्तरी बर्षीय दलबहादुर ओलिले आफ्नी  सत्ताइस बर्षिया छोरी तुलसा ओलीको उपचार खर्च धान्न नसकेर आफ्नी पत्नी कलि ओली सहित गएराती आत्महत्या गरेका छन्।  दलबहादुरकी छोरी तुलसालाई छारे रोग लागेको थियो । दलबहादुरले आफ्नो बलबुताले भ्याए  सम्म छोरीको उपचार गराए तर जब खर्च गर्न उनि सित केहि न भएपछी गरिबीले उनीहरु सबैको ज्यान लियो ।

सामुहिक रुपले घर नजिकैको रुखमा झुण्डीएर आत्महत्या गर्नु आफैमा एउटा ठुलो भयावह स्थितिको आगमनको आभास हो । सो गाउका बासिन्दाहरुले उनीहरुको आर्थिक स्थिति कमजोर भएकोले यो घटना घटेको भनेका छन् । मृतकहरुको लाशलाई पोस्टमार्टमको लागी प्रहरीले जिल्ला अस्पताल रुकुम लागेका छन् भने उनीहरुको मृत्यु बारेमा थप अनुसन्धान भईरहेको समेत जनाएका छन् ।

One Response

  1. hi dear dereeduk ko kura sir tar kegarne

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: