मलेशियामा नेपाली कन्सर्ट प्रोग्राम सम्पन्न

कार्यक्रमको अन्य तस्विर र भिडियो आउँन बाँकी छ

विजय गुरागाईं , मलेसिया, फाल्गुन ४ –  मलेशियाको जोहोरबारुमा नयाँ बर्ष कन्सर्ट २०१० भव्यताका साथ् हजारौ नेपाली दर्शकहरु माझ नेपाल पत्रकार महासंघ मलेसिया र प्रवासी तामाङ एकता समाजको संयुक्त आयोजनामा कार्यक्रम गरिएको छ। सो कार्यक्रममा नेपालका बहु चर्चित स्टार कलाकार राजेश हमालको उपस्थिति नृत्यले मलेशियामा रहेका नेपाली प्रवासी श्रमिकहरुको मन छुन सफल भयो भने अरुणिमा लम्सालले पनि दर्शकहरुको मन जित्न सफल रहेको आयोजकले बताए ।

कार्यक्रममा चर्चित गायक राजेश पायल राई ,गायिका योगिता मोक्तानले नेपाली दर्शकहरुलाई नचाए।त्यसैगरी सेलो गायक गायिकामा चन्द्र कुमार दोङ,ईन्दिरा लामा रहेका थिए भने लोकदोहोरीमा गायिका पार्वती जिसी रहेकी थिईन् ।कार्यक्रममा अर्का आकर्षण रहेका थिए हास्य कलाकार गोपाल नेपाल (फिस्टे) ,उनले नेपाली दर्शहरुलाई भरपूर मनोरंजन गराए।

सो कार्यक्रममा स्थानीय कलाकारहरुले पनि आफ्नो कलाकौशल देखाएका थिए । कार्यक्रममा दर्जनौ गित र नृत्य प्रस्तुत गरेको आयोजकले बताए । कार्यक्रममा मलेशिया स्थित नेपाली दूतावासका तर्फबाट कूटनीतिक अधिकारि लेखनाथ भट्टराइको उपस्थिति रहेको थियो भने श्रम सहचारी सूर्य भण्डारीको पनि उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा मलेशियाका एनआरएन अध्यक्ष शंकर पौडेल ,एनआरएन आइसीसी सदस्य भिम शेरचन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रम तिन दिन सम्म चलेको थियो ।

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: