मैथिली विभागमा अहम बैठक पशुपतिनाथ भए पानीपानी

जनकपुरधाम फागुन ५ – मैथिली विभागमा अनियमितता गर्ने विभागिय प्रमुख डा. पशुपतिनाथ झा द्वारा मंगलवार मैथिली विभागमा बोलाईएको बैठकमा उनको कामकाजको आलोचना भएपछी उनि आफ्नै विभागमा पानीपानि भएका थिए ।बैठकमा सहभागि एक शिक्षकको अनुसार शुरुमा आक्रमक रुपमा प्रस्तुत भएका पशुपतिनाथ पछी सोहि विभागमा कार्यरत शिक्षकहरुले विभिन्न प्रश्न उठाएपछि कमजोर परेका थिए।

विभागीय प्रमुख भएर तिन तिन विषयको कपी जाँच गर्ने र आन्तरिक मूल्यांकनमा एक्लै पाँच विषयमा मनमौजी ढँगले नम्बर दिने जस्ता कार्यको सबैले आलोचना गरेका थिए। आफ्नो आलोचनाको  जवावमा पशुपतिनाथ मुह कालो गरि निहुरेका थिए । सोहि विभागमा कार्यरत शिक्षकहरुले पशुपतिनाथलाइ प्रश्नको ताँती  लगाएका थिए।

एमए मा  केहिदिन पहिले उत्तिर्ण भएका लालजी ठाकुरले आन्तरिक मूल्यांकनमा दिइएको नम्बरमा पैसाको खेल भएको विभिन्न मिडियामा उठाउने मुद्दाको विषयमा छलफल भएको थियो। रामस्वरुप राम सागर बहुमुखि क्याम्पसको प्रमुख विष्णुदेव यादवको उपस्थितिमा भएको सो बैठकमा स्ववियू सभापति नरेश यादवले मैथिली विभागलाई राजनीतिको केन्द्र नबनाउन आग्रह घरेका थिए ।

बैठक द्वारा बुधवार देखि समयमा विभाग खोल्नको निम्ति र शिक्षकहरुले नियमित क्लास लिनुपर्ने निर्णय गरिएको छ।आंशिक शिक्षकहरुले पैसा नपाईरहेको कुरा बैठकमा उठेपछि उनको आलोचना भएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: