• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनस्वास्थ्य कार्यालयको गम्भीर लापरवाही म्याद समाप्त औषधिको प्रयोग

स्त्री रोग विशेष डा. कल्पना बछार म्याद समाप्त औषधिको प्रयोग गर्दै गर्दा घटनास्थलमै पक्राउ

रोशन कुमार झा
जनकपुरधाम फाल्गुन ५, जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाको कर्मचारीहरु बिचको आन्तरिक विवादको फलस्वरुप जनमानसको स्वास्थ्यलाइ गम्भीर खेलवाड भएको छ ।mm घोडघास हेल्थ पोष्टद्वारा संचालित बीसीजी खोप कार्यक्रममा  म्याद समाप्त भएको औषधि प्रयोग भएपछी विवाद सामुन्ने आएको छ। बीसीजीको नियमित कार्यक्रम अन्तर्गत संचालित खोप कार्यक्रममा म्याद समाप्त औषधि प्रयोग भएको पाईएपछि स्थानीयवासी आक्रोशित भएका छन्।

श्रोतको  अनुसार ब्याच नम्बर इयूबी ७३५ को म्याद समाप्त औषधि प्रयोग भएको छ। औषधिको म्याद डिसेम्वर २००९ सम्म मात्र रहेको पाईएको छ ।अनुगमनको क्रममा जिल्ला जनस्वास्य कार्यालयको तथ्याङ्क सहायक प्रविण चौधरी र नेपाल परिवार स्वास्थ्य कार्यक्रमका संयोजक शम्भु झाले म्याद समाप्त भएको औषधि प्रयोग भएको देखेपछी कार्यक्रम तत्काल स्थगित गरिएको थियो ।यता जनस्वास्थ्य प्रमुख सच्चिदानन्द देवले घटनाको छानवीन भैरहेको बताएका छन्। देवले जनस्वास्थ्य कार्यालय बाट कुनै प्रकारको लापरवाही नभएको दावी गर्दै जनस्वास्थ्यलाइ बदनाम गराउन कुनै पक्षले म्याद समाप्त औषधि राखिदिएको हुन सक्ने आशंका जनाएका छन् ।
प्रमुख देवले त्यो कुन पक्ष हो स्पष्ट पारेनन्। देवले हामीहरुले म्याद समाप्त औषधि तत्काल नष्ट गर्ने गरेको र त्यो औषधि कहा बाट आएको हो छानवीन भईरहेको बताए। म्याद समाप्त औषधि प्रयोग भएको छ छैन स्पष्ट भएको छैन। यो सब स्पष्ट भएपछि आवश्यक कार्यवाही गर्ने भन्दै देवले कर्मचारीहरु बाट गल्ती भएको पाईएमा  कार्यवाही  पनि गरिने प्रतिबद्धता जनाए। क्षयरोग विरुद्धको बिसीजी खोप एक वर्ष भन्दा तलका बच्चालाइ लगाइन्छ।
कार्यालय श्रोतका अनुसार धनुषाको घोडघास ,देवपुरा ,बौहर्वा ,देवडीहा ,लगमा नगराईन ,बहेडा बेला ,मुखीयापट्टी ,तुल्सियाही निकास ,तुल्सियाही जब्दी र फुलगामा गाविसमा कार्यक्रम अन्तर्गत करिब एक सय बच्चालाई बीसीजी खोप लगाईएको छ ।यता केहिदिन पहिले जनकपुर अंचल अस्पतालको स्त्री रोग विशेष डा। कल्पना बछार पनि म्याद समाप्त औषधिको प्रयोग गर्दै गर्दा घटनास्थलमै पक्राउ परेकी थिईन। घटना सार्वजनिक भएपछी अस्पताल प्रशासनले छानवीन गर्ने प्रतिबद्धता जनाउदा पनि अहिलेसम्म  प्रतिवेदन सार्वजनिक गरेका छैनन्।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: